नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7370 · वि.सं. २०६१
नि.नं. 7370 — हक कायम लिखत दर्ता बदर दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ “दाइजो पेवा” वाट पाउने सम्पत्तिको श्रोत र “आर्जन” गरेको सम्पत्तिको श्रोत एकै किसिमको नभै वेग्ला वेग्लै किसिमको हुन्छ । “दाइजो पेवा” को सम्पत्तिको श्रोत अरु व्यक्ति हुन्छ भन्ने “आर्जन” वाट प्राप्त हुने सम्पत्तिको श्रोत आफ्नै ज्ञान, सिप, प्रयास हुन्छ । तर दुवै श्रोतवाट प्राप्त भएको चल अचल सम्पत्तिको पुष्टी तथ्ययुक्त प्रमाणवाट प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार सो कुराको दावी लिने व्यक्तिले नै गर्नुपर्छ । दाइजो पेवावाट सम्पत्ति प्राप्त गरेको भनेर मात्र हुँदैन । कसवाट कहिले के कति सम्पत्ति वा रकम दाइजो पेवा पाएको हो र सो रकमवाट नै उल्लेखित जग्गा खरिद भएको हो भने तथ्ययुक्त प्रमाण दिन सक्नु पर्ने । § विवादित सम्पत्ति पुनरावेदिकाको दाताको दाइजो पेवाको सम्पत्ति रहे भएको देखिने कुनै आधार प्रमाण मिसिल सँलग्न रहेको नदेखिदा विवादित जग्गा दाइजो पेवाको मान्न नमिल्ने । § सगोल परिवारमा रहेको सम्पत्ति कुनै व्यहोराले हक छाडी कसैलाई दिदा सँगोलमा रहेका सवै अँशियारको स्वीकृति अनिवार्य हुन्छ । त्यसरी स्वीकृति नलिएको वा नदिने अँशियारले उजुर गरेमा निजको भाग जति बदर हुने कानूनी प्रावधान लेनदेन व्यवहारको १० नं. मा प्रष्ट रुपमा उल्लेख भएको देखिन्छ । दुलारी देवीले विवादित जग्गा पुनरावेदक प्रतिवादीलाई विक्री गर्दा सँगोलका यी वादीहरुको स्वीकृति लिएको आधार प्रमाण मिसिल सँलग्न रहेको देखिदैन । विना आधार प्रमाण दाताले विक्री गर्दा वादीहरुको स्वीकृति लिनु नपर्ने किसिमको सम्पत्ति छ भनी जिकिर लिने पुनरावेदक र निज तर्फका विद्वान कानून व्यवसायीको वहस जिकिरसँग सहमत हुन नसकिने । § सँगोलका अँशियार यी वादीहरुको मन्जुरी नलिई दुलारी देवीले विवादित जग्गा पुनरावेदिकालाई राजिनामा गरी दिएकोले छोटेलालको मृत्यु भैसकेकोले ३ अँशियार कायम रहेकोले ३ खण्डको २ खण्ड लिखत र दर्ता बदर गरी वादीहरुको संयुक्त नाममा दर्ता हुने ठहराई पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. ११ देखि १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7370 |
|---|---|
| मुद्दाको विषय | हक कायम लिखत दर्ता बदर दर्ता । |
| निर्णय वर्ष / मिति | 2061/02/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राम नगिना सिंह | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7370 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
