नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7382 · वि.सं. २०६१

नि.नं. 7382 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ इट्टा तथा टायल उत्पादन गर्ने आफ्नो मूल उद्योग व्यवसायमा मन्दी आएको वा कम्पनी सुचारुरुपमा चल्न नसकेको अवस्थामा आफ्नो हित अनुकूल कम्पनीले आफूलाई फाइदा हुने कुनै कारोवार नै गर्न नसक्ने भन्न नमिल्ने । § निवेदकहरुले यो सम्पत्ति श्री ५ को सरकारबाट खरीद गरेको हुंदा भूमी सम्बन्धी ऐन, २०२१ को दफा १२(क) अनुसार श्री ५ को सरकारको भोगचलनमा रहेको जग्गामा हदवन्दी लाग्ने अवस्था देखिदैन र दफा १२ को खण्ड (घ) अनुसार पनि उद्योग सन्चालनको लागि निवेदकले सो जग्गा खरिद गरेको र इट्टा तथा टायल कारखाना सन्चालन गर्न छोडी सो कारखानासंग सम्वन्धित सम्पत्ति अन्यत्र लगाएको भन्ने पनि नदेखिएको हुँदा निवेदकको हकमा भूमि सम्बन्धी ऐनको उक्त दफा १२ (घ) को अवस्था आकर्षित हुने रहेछ भन्न समेत नमिल्ने । § इट्टा तथा टायल उत्पादन गर्ने कार्यलाई सूचारु राखेर सम्झौताका बुंदाहरुमा रहेका सर्त वा बन्देजमा प्रतिकूल असर नपर्ने गरी श्री ५ को सरकारबाट निबेदकहरुले खरिद गरी लिएको सम्पत्ति मध्येको केही अँश कम्पनी कै उत्थान र प्रोत्साहनको लागि अन्य कार्यमा लगाउन सक्ने देखिएको अवस्थामा निवेदकहरुले पैसा तिरेर खरिद गरेको सो सम्पत्तिको प्रयोगमा अनुचित वन्देज लगाउने गरी सम्पत्ति रोक्का राख्ने गरेको कार्यवाट निवेदकहरुको साम्पत्तिक हकमा असर नपर्ने भन्न नमिल्ने । § श्री ५ को सरकारको स्वामित्वमा रहेको इट्टा तथा टायल कारखानाको कारोवार (Business) र सम्पत्ति (Assets) सहित निवेदकले सो कारखाना मिति ३० ओक्टुवर १९९२ मा सम्झौता सम्पन्न गरी खरिद गरेको हुँदा श्री ५ को सरकार अर्थ मन्त्रालयको उल्लेखित इट्टा तथा टायल कारखानाको सम्पत्ति रोक्का राख्ने भन्ने मिति २०५८।१।१४ को निर्णय र फुकुवा गर्न नमिल्ने भन्ने मिति २०५९।४।३ को निर्णय समेत विधिवत मिलेको नदेखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । § श्री ५ को सरकार विक्रेता र निवेदक बीच भएको उल्लेखित मिति ३० अक्टुवर १९९२ सम्झौताको शर्तहरुको अधिनमा रही उक्त सम्पत्ति प्रयोग गर्न पाउने हुँदा रोक्का आदेश फुकुवा गरी दिनु भनी श्री ५ को सरकार अर्थ मन्त्रालय र ऐ को निजीकरण इकाइको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १७ र १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7382
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2060/07/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री वद्री कुमार वस्नेत
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7382
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्