नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7364 · वि.सं. २०६१
नि.नं. 7364 — वकसपत्र वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हालैदेखि वा शेषपछिको गरी वकसपत्रका २ रुप भए पनि तिनीहरुको उद्देश्य भनेको दातामा रहेको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुनु हो । शेषपछिको वकसपत्रमा दातालाई केही कारणले चित्त नवुझेमा वदर गर्ने हक रहे पनि उसले सो लिखत वदर नगरेसम्म त्यसको कानूनी मान्यता रहिरहन्छ । त्यस्तो वकसपत्र भएको अवस्थामा दाताको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुन्छ, यो स्वामित्व सम्वन्धी विधिशास्त्रीय सिद्धान्त पनि हो । तसर्थ दाताले स्वामित्व हस्तान्तरण गरीसकेपछि कहिले देखि प्राप्तकर्ताले सो सम्पत्तिको भोगचलन ग¥यो भन्ने कुरा गौण विषय हुन जाने । § प्राथमिक विषय भनेको स्वामित्व परिवर्तन नै हो । प्रस्तुत विवादमा प्रतिवादी रत्नादेवी गुरुङ्गले छोरीहरुलाई शेषपछिको वकसपत्र गरी आफ्नो नाउँको जग्गाको स्वामित्व हस्तान्तरण गरेको अवस्था हुँदा लिखत पारित भएका मितिले २ वर्ष भित्र नालिस परेकोलाई ठाडै कानून विपरीत भन्न मिल्ने देखिदैन । तसर्थ वकसपत्र पारित भएका मितिले २ वर्ष भित्र दायर भएको नालिशलाई हदम्याद भित्र मानी इन्साफ गरेको पुनरावेदन अदालतको फैसलालाई कानून विपरीत र त्रुटीपूर्ण भन्न मिल्ने देखिन नआउने । § सगोलमा रहेको कि.नं. १०३३ को सम्पत्तिलाई अंशियार वादीको मन्जुरी वेगर प्रतिवादी रत्नादेवी गुरुङ्गले आफ्नो विवाहित छोरीलाई गरिदिएको शेषपछिको वकसपत्रको लिखतले कानूनी मान्यता नपाउने हुँदा सो लिखत ३ भागको १ भाग वदर हुने नै देखियो । तसर्थ फिराद खारेज गर्ने गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसलालाई उल्टी गरी वादी दावी वमोजिम ३ भागको १ भाग लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको मिति २०५६।६।६ को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7364 |
|---|---|
| मुद्दाको विषय | वकसपत्र वदर । |
| निर्णय वर्ष / मिति | 2061/04/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7364 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
