नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7368 · वि.सं. २०६१
नि.नं. 7368 — लुटपिट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ म्याद गुजारी वसेका प्रतिवादीले पुनरावेदन गर्ने सम्वन्धमा अ.वं.२०८ नं.मा अड्डावाट जारी भएको समाव्हान इतलायनामाको म्याद तारिखमा प्रतिवादी नदिई म्याद गुजारी वसेका झगडियाको ऐन वमोजिम एकतर्फी प्रमाण वुझी भएको फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने देखिदा शुरु म्याद गुजारी प्रतिउत्तर नफिराई वस्ने प्रतिवादीले पुनरावेदन गर्न सक्ने देखिदैन । सोही कानूनी व्यवस्था अनुसार शुरु नुवाकोट जिल्ला अदालतको फैसलामा प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु नपर्ने भनि तपसिल खण्डमा उल्लेख गरेको समेत देखिएकोमा उपरोक्त कानूनी व्यवस्थाको प्रतिकूल प्रतिवादी राजेन्द्र प्रकाश लोहनीलाई पुनरावेदनको म्याद दिएको एवं पुनरावेदन अदालत पाटनवाट निज प्रतिवादीको कानून विपरीतको पुनरावेदन लिई इन्साफ गरेको अ.वं.२०८ नं. विपरीत हुँदा प्रत्यर्र्थी प्रतिवादीको पुनरावेदन अदालत पाटनमा दर्ता भएको कानून विपरीतको पुनरावेदन खारेज भै पुनरावेदन अदालतपाटनको फैसला उल्टी हुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7368 |
|---|---|
| मुद्दाको विषय | लुटपिट । |
| निर्णय वर्ष / मिति | 2061/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7368 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
