नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7369 · वि.सं. २०६१

नि.नं. 7369 — उत्प्रेषण परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदक रामजी दमाईको दावीको जग्गाको मोही हक समाप्त भएको अबस्था नदेखिएको र निजले पूर्ण कुमारीलाई २०२२।१२।११ मा गरिदिएको लिखतमा घर सम्म भन्ने उल्लेख भएको सो लिखत व्यहोराबाटै देखिएकोमा सो लाई अन्यथा भन्न सकिने अबस्था देखिएन । साथै पूर्ण कुमारीबाट होमनाथ समेतले २०३१।१२।११ मा राजिनामा गरी लिंदा सोही रामजी दमाईसँग उक्त २०२२।१२।११ को लिखत बमोजिम प्राप्त घर राजिनामा गरी लिएको भन्ने सोही २०३१।१२।११ को लिखत व्यहोराले नै पुष्टि गरिहेको अबस्थामा रामजी दमाईले उक्त लिखतमा उल्लेखित घर बाहेक जग्गा समेत बिक्री गरेको भनी सम्झन मिल्ने अबस्था नदेखिने । § भूमि सम्बन्धी ऐनको दफा ३१क मा कुनै जग्गाका सम्बन्धमा यो परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ति वा मोहियानीहकको तेरो मेरो सम्बन्धी पर्न आएको झगडाको निर्णय तोकिएको अधिकारीले गर्ने छ भन्ने भएको व्यवस्था बमोजिम मोहीको विवाद सम्म भूमिसुधार अधिकारीले हेर्न पाउनेमा मोहीको तेरोमेरो विवादको निरुपण नगरी अधिकारै नभएको जग्गामा हक बेहक गरी गरेको फैसला कानून अनुकूल नहुँदा बदर हुने । (प्र.नं. १२ र १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7369
मुद्दाको विषयउत्प्रेषण परमादेश ।
निर्णय वर्ष / मिति2061/04/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7369
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्