नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7404 · वि.सं. २०६१

नि.नं. 7404 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संविधानको धारा ८८(२) अन्तर्गत यस अदालतवाट विशेषाधिकार सम्पन्न आदेश जारी गरी पाउँ भनी पर्न आएको रिट निवेदनमा निवेदन माग दावीअनुसारको आदेश जारी हुन सक्ने अवस्था रहेको छ, छैन भन्ने सम्वन्धमा साधारण अधिकारक्षेत्र अन्तर्गत उपचार प्राप्त हुन सक्ने वैकल्पिक उपचारको मार्ग भए नभएको सम्वन्धमा प्रारम्भिक रुपमा निरोपण गरिने । § वैकल्पिक उपचारको मार्ग उपलब्ध भएको विषयमा सो मार्ग अवलम्वन नगरी सिधै यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन लाग्न सक्ने नदेखिने । § वैकल्पिक उपचारको मार्गको विद्यमानता रहेको देखिई प्रारम्भिकरुपमा नै रिट निवेदन लाग्न नसक्ने देखिएको हुँदा प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासवाट उठाइएको कानूनी प्रश्नको निराकरण गरिरहनु पर्ने आवश्यकता देखिन नआउने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7404
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2061/07/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7404
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्