नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7411 · वि.सं. २०६१

नि.नं. 7411 — जवर्जस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सवुदहरुको आधारमा निर्णय गर्ने कुरा हो, अपराधी लाई बचाई दिने नियतले स्वयम पीडित लगायत कसैले वयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाइ दिने बयान दिदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिदैमा अपराधी ठहरीनै पर्ने भन्न सकिन्न । व्यक्तिको वयानलाई सवुदैको रुपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने । § जवरजस्ती करणीको १० नं. को प्रावधान प्रतिवादीहरुले जवरजस्ती करणीको कसूर गरेपछि पीडितको हकमा स्वतः आर्कषितहुने अर्थात सोहि महलको ३ नं. संग अभिन्नरुपले गासिएको व्यवस्था हो । पीडितले अदालतमा आई प्रतिवादीहरुलाई निर्दोष भनि वकपत्र दिदैमा ऐन को व्यवस्था निष्क्रिय हुने गरि उक्त १० नं. आकर्षित नगर्ने निर्णय न्यायसंगत नठहर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7411
मुद्दाको विषयजवर्जस्ती करणी
निर्णय वर्ष / मिति2061/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7411
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्