नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7388 · वि.सं. २०६१

नि.नं. 7388 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान्य उद्देश्य (Common intention) लिई कुनै गैरकानूनी काम गर्ने सामूहिक रुपमा योजना बनाई लक्ष्य प्राप्तिमा सामूहिक रुपले सहभागी भै योजनालाई परिणाममुखि बनाउने प्रत्येक व्यक्ति सामान्य रुपको अपराधी हुन जाने । § कुनै गैरकानूनी कार्य गर्न सामान्य उद्देश्य लिई षडयन्त्रको भूमिका तयार गर्ने बेला देखि षडयन्त्र पूरा हुने बेलासम्म जति जना संलग्न रहेको हुन्छ ती सबैले मुख्य षडयन्त्रकारीको भूमिका निर्वाह गरेको हुन्छ र त्यस्तालाई मुख्य षडयन्त्रकारी नै मान्नुपर्ने । § अरु किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र लेखिए देखि वाहेक अरु किसिमका मतलवीलाई ज्यान सम्बन्धीको १७ नं.को देहाय ३ आकर्षित हुने । (प्र.नं ३१ र ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7388
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2061/06/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय । | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय । | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय र प्रतिवादी भाई किरांत राई तथा वलवहादुर  राईलाई ज्यान सम्बन्धीको १७ नं. को देहाय (३) बमोजिम ३ बर्ष कैद हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला केही उल्टी हुन्छ भन्ने माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय भई मतैक्य नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम प्रस्तुत मुद्दा पेश हुन आएको देखिन्छ । मिति २०५५।१।१८ गते मृतक ठिलवहादुर राईलाई भाई किरांत राई तथा वलवहादुर राई समेतका प्रतिवादीले पूर्व रिसइविको कारणवाट गोली हानी हत्या गरेकोले कार्वाही गरी पाउँ भन्ने किटानी जाहेरी दर्खास्त परेको देखिन्छ । लास जांच प्रतिवेदनमा गोली लागि मृत्यु भएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादी मध्येका ग्यान्जे राईले आफू कसूरमा इन्कार रही प्रतिवादीहरु बलवहादुर राई
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7388
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्