नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7406 · वि.सं. २०६१
नि.नं. 7406 — उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रचलित कानून बमोजिम तोकिएको अन्तःशुल्क रकम उठाउने वा उठे नउठेतर्फ एवं अन्तःशुल्क ऐन, २०१५ तथा मदिरा ऐन, २०३१ का साथै यस सम्बन्धमा प्रचलित नेपाल कानूनले गरेको व्यवस्थाको पालना भएको छ छैन भनी हेरी कानून अनुरुपको कार्य गर्न गराउन सक्ने अधिकार मूल्य अभिवृद्धि कर कार्यालयका कर अधिकृत देखि मूल्य अभिवृद्धि कर विभागका महानिर्देशक समेतमा रहेको पाइएवाट सोही अधिकार प्रयोग गरी विवादित विषयमा गरिएको निर्णय निर्देशन क्षेत्राधिकारविहिन रहेको छ भन्ने निवेदन जिकिर कानूनसम्मत रहेको नपाइने । § रिट क्षेत्राधिकार आकर्षित हुन माथि उल्लेख भएको तत्वको विद्यमानता, विवादित विषय वा निर्णय वा निवेदकले प्रश्न उठाएको विषयमा मूलभूत रुपमा समाहित भएको हुनुपर्छ अन्यथा रिट क्षेत्राधिकार आकर्षित हुन नसक्ने । § प्रस्तुत विवादमा निर्णय गर्ने अधिकार विपक्षी विभाग समेतलाई रहे भएको देखिएको र सो निर्णयमा कुनै किसिमको रिट निवेदन लाग्न सक्ने अपवादात्मक व्यवस्था अनुसारको तत्व विद्यमान रहेको पनि नदेखिएको सो निर्णय उपर पुनरावेदन लाग्न सक्ने वैकल्पिक मार्ग समेत रहेको देखिदा रिट निवेदनको औचित्यतर्फ केहि विचार गरिरहन नपर्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7406 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2061/07/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलुको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहश प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय सदर हुन्छ । नियमानुसार गरी मिसिल बुझाइ दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7406 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
