नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7401 · वि.सं. २०६१

नि.नं. 7401 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिमको उपयुक्त आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुबै कम्पनी स्वतन्त्र र छुट्टाछुट्टै अविच्छिन्न उत्तराधिकारवाला संस्था भएको र एकअर्कोको सहायक कम्पनी वा उत्तराधिकारी पनि नभएको अवस्थामा निवेदक कम्पनी एवं उक्त हेकष्ट कम्पनीका बीचमा कुनै सम्झौता भई व्यवसाय खरिद बिक्री भएको नभई स्थिर भौतिक सम्पत्ति सम्म खरिद बिक्री भएको देखिंदा साविक हेकष्ट कम्पनीको स्वामित्व परिवर्तन भएको वा नाम फेरेको भन्न मिल्ने अवस्था नदेखिने । § हेकष्ट नेपाल प्रा.लि. मिति ०५५।४।७ को निर्णय बमोजिम खारेज भएको तर निवेदक कम्पनीले उक्त कम्पनीको घर जग्गा एवं अन्य भौतिक सम्पत्ति मिति ०५३।९।२९ मा खरिद गरेको हुँदा दुबै कम्पनी एउटै व्यक्तिले संचालन गरेको उद्योग भन्न मिल्ने अवस्था समेत नदेखिने । § यस अवस्थामा निवेदक उद्योगले हेकष्ट नेपाल प्रा.लि.को भौतिक सम्पत्ति कानून बमोजिम खरिद गरी लिएको कारणले निवेदक कम्पनी उक्त हेकष्ट नेपाल प्रा.लि.को उत्तराधिकारी भएको वा नाम परिवर्तन गरी स्वामित्व परिवर्तन भएको भनि अर्थ गर्न नमिल्ने । § निवेदक कम्पनी कानून बमोजिमको प्रक्रिया पूरा गरी स्थापना भएको देखिएकोले त्यसका कानूनी हैसियत (Legal Status) नयाँ स्थापित कम्पनीको रुपमा देखिन आएको र कुनै पनि कम्पनीले आफ्नो नामको सम्पत्ति खरिद बिक्री गर्न सक्ने कानूनी अधिकार भएको हुँदा कानून बमोजिमको सुविधा निवेदक कम्पनीले पाउने हक सुरक्षित नैं रहेको देखिने । § निवेदक कम्पनीले औद्योगिक व्यवसाय ऐन, २०४९ को तत्कालिन दफा १५(ख) र (ग) बमोजिम आयकर छुटको सुविधा नपाउने भनि भएको विपक्ष एकद्वार समितिको निर्णय एवं सो निर्णय सदर गरेको विपक्ष औद्योगिक प्रबद्र्धन बोर्डको निर्णय औद्योगिक व्यवसाय ऐन, २०४९ को तत्काल प्रचलित दफा १५(ख) र (ग) विपरीत देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7401
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिमको उपयुक्त आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2061/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री हरिजङ्ग सिजापती
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7401
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्