सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४२८ / ४४०

नि.नं. 296वि.सं. २०२२पूर्ण इजलास

हरजना दिलाइ पाउँ

(१) नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) – मुद्दा चलाउने हदम्याद सम्बन्धी मुद्दा गर्नु पर्ने कारण कुन बेला, अवस्था देखि हुने ? मुद्दा गर्नु पर्ने कारण भएको ८ महिनाभित्र उजुर नालिस गर्नु पर्ने । म्याद बिषयको नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) हेर्दा मुद्दा चल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 295वि.सं. २०२२पूर्ण इजलास

बन्दी प्रत्यक्षीकरण

(१) कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (ज) – इमान्दारी साथ प्रयोग गरिएको अधिकार असल नियतले प्रयोग गरेको मानिने । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (ज) हेर्दा लापरबाही साथ गरेको वा नगरेको जे भए तापनि वास्तवमा इमान्दारी साथ गरिएको कामलाई असल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 294वि.सं. २०२२संयुक्त इजलास

निषेधज्ञा जारी गरी पाउँ ।

(१) नेपालको संविधान भाग ३ को धारा ११ को उपधारा ४ र नागरिक अधिकार ऐन, २०१२ को दफा ११ को उपदाप २ – एकै अपराधमा एक पटक भन्दा बढी पटक मुद्दा चलाउन र दण्ड सजाय गर्न नमिल्ने । नेपाल राष्ट्र बैंकले निवेदक अपीलाट श्रीधर तिमिल्सीना उपर ६ दफाको आरोप लगाई निजलाई नोकरीबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 293वि.सं. २०२२संयुक्त इजलास

भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने

(१) कस्तो अवस्थाको चोरीमा चोरीको हदम्याद नाघेको भन्न नमिल्ने ? ०१४ सालमा छ्यासमिस गराई सो मिति देखि चोर्नु, चोराउनु गरेको र ०१५।७।१२ मा उजुरी परेबाट कारवाई चलेमा म्याद नाघेको भन्न नमिल्ने । उक्त कपडा कुनै निश्चित एकै मितिमा चोरे, चोराए मासेको भन्ने नभई ११ सालम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 292वि.सं. २०२२संयुक्त इजलास

प्रतिशेध वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ भन्ने

(१) सामान्यतः कसैको निजी स्वार्थमा आघात नभई अदालत गुहार्न नमिल्ने । सार्वजनिक हकको कुरामा उम्मेद्बार वा कुनै पनि मतदाताको निवेदन दिने हक हुने । यसरी संविधानले गाउँ सभा गाउँ पञ्चायतलाई पञ्चायती प्रजातन्त्रको मुल जग मानेको प्रष्ट देखिएको छ । निवेदक सबैला गाउँ पञ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 291वि.सं. २०२२पूर्ण इजलास

हक सफा

(१) साहू असामीको ९ नं. – भिन्न भएका नठहरिए र घरको मुख्य आफै भए, थाहा दिने प्रश्न नउठ्ने । सगोलको व्यक्तिलाई कस्तो अवस्थामा निखन्न पाउने हक नहुने ? साहु असामीको ९ नं. मा निखन्ने बारेमा व्यवस्था गरेको देखिन्छ । जुन यस प्रकार छ । “हकवालाको घरको मुख्य मालिकलाई जना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 290वि.सं. २०२२पूर्ण इजलास

लेनदेन किर्ते

(१) कस्तो बोली परेको कागजलाई व्यापारको हिस्सेदारीको कागज भन्नु पर्ने र कस्तोलाई लेनदेनको कागज भन्नु पर्ने ? दुवैमा हुनु पर्ने भिन्नता । ७।११।१७।६को कागज व्यहोरामा श्री.मे. ज.ध्रुब शम्शेरबाट बक्सेको रु.१००००१ व्यापारमा लगाउन लिएको ठीक साँचो हो । त्यस वापतमा सिग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 289वि.सं. २०२२पूर्ण इजलास

ज्यान

(१) कस्तो अवस्थाको बिदेशमा भएको पोष्टमार्टम रिपोर्टलाई अदालतले प्रमाणमा लिन हुने ? मर्ने बाँच्ने दोसाँद र पहिले यसतर्फ जाँच हुँदा बेहोस भन्ने समेत देखिएको । निज परशुरामलाई बाहिर अस्पतालमा लगि औषधी गराउँदा निको भए मानिस र निको नभई देहान्त हुन गएमा सरहदमा भए लास…

नजिर सार पढ्नुहोस् →
नि.नं. 288वि.सं. २०२२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) नगर पञ्चायत ऐनको परिच्छेद ७ दफा ५४ घर बनाउने नक्सा पास गर्ने बिषयमा बाद विवाद भई चलेको मुद्दामा भन्ने उल्लेख भएको ढलको वाद विवाद भई चलेको मुद्दामा उक्त ऐन बमोजिम जरिवाना गर्न नमिल्ने । नगरे बदर हुने । नगर पञ्चायतबाट नगर पञ्चायत ऐन ५४ बमोजिम भनी निवेदकलाई र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 287वि.सं. २०२२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) ठेक्कासम्बन्धी अधिकार, रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, अन्तर्गत पर्ने यस्तो अधिकारलाई संवैधानिक अधिकार भन्न नमिल्ने । उक्त धाराले प्रदत्त अधिकार सम्पत्ति आर्जन गर्ने इत्यादि निवेदकको हुनाले निजसँग ठेक्का बन्दोबस्त भएको देखिन्छ । ठेक्काको साधनद्वारा सम्पत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 285वि.सं. २०२२पूर्ण इजलास

हकसफा

(१) साबिकको मुलुकी ऐनको साहु असामीको १३ नं. निखनाई पाउँ भन्ने उजुर गर्दा थैली थाहा भए साथै र थैलिको एकिन नभए प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने । थैली एकिन नभई फिराद गरी प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट नराखि निखनाई पाउँ भन्ने दावी लाग्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 284वि.सं. २०२२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) कानूनले निर्दिष्ट गरे बाहेकको हेरी किनारा गर्न नमिल्ने । भूमी सम्बन्धी कमिटीलाई कस्तो मुद्दा हेर्न अधिकार नभएको ? मैले भोग गरी आएको जग्गा हटक खिचोला गरेको हुनाले सो जग्गा झिक्न नपाउने प्रबन्ध मिलाई जग्गा मलाई दिलाई मेरो नाउँमा दाखिल खारेज गरी पाउँ भन्ने उज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 283वि.सं. २०२२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्न नमिल्ने । भए गरेको काम कानून अनुरुप नभए उत्प्रेषणको आदेशद्वारा बदर हुने । कर्मचारी मुछिएको केश चिफ कहाँ पठाउनु भन्ने ०२०।६।६ को आदेश भएको र त्यस पछि नं.१०२६५ को आ.वा.बाट पनि अधिकार भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 282वि.सं. २०२२संयुक्त इजलास

परमादेश जारी गरी पाउँ भन्ने

(१) उजुर गर्न सक्ने तह भएमा रीटको निवेदन नलाग्ने । कानूनले तोकेको कर्तव्य कुनै अधिकारीले नगरेमा परमादेश जारी हुन सक्ने । कानूनी दायित्व निवेदकले देखाउन नसके परमादेश जारी गर्न नमिल्ने । सो मुआव्जा दिने तलको अड्डाका कर्मचारीले दिन इन्कार गरे त्यसउपर प्रशासन तर्फ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 281वि.सं. २०२२संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने

(१) सार्वजनिक सुरक्षा ऐन, २०१८ को अधिकार श्री ५ को सरकारको सूचनामा तोकेको अफिसरले प्रयोग गर्न पाउने । बडाहाकिमलाई सो ऐनको अधिकार प्रयोग गर्न सौंपिएकोमा गोश्वाराको असिष्टेन्टले उक्त अधिकार प्रयोग गर्न नमिल्ने । सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा १२ मा “श्री ५ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 280वि.सं. २०२२पूर्ण इजलास

दर्ता बदर

(१) रजिष्ट्रेशन पास भएको छोडपत्र लिखतका नाताले घर दर्ता गराएको भए म्याद भित्र उक्त छोडपत्र बदर गरी पाउँ भन्ने उजुर नगरी दर्ता बदर गरी पाउँ भनी गरेको उजुरीमा दावी नलाग्ने। मागेलाल समेतबाट आफ्नो अंश वापत जानकी दाशले रु.७०००। नगदी लिई चल अचलको ०७।१२।१०।१ मा घरसार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 279वि.सं. २०२२संयुक्त इजलास

राजकाजसम्बन्धी श्री ५ को सरकारप्रति घृणा, द्वेष, अपहेलना गरे–गराए भन्ने

(१) अदालतको गठन र अधिकारमा मौलिक त्रुटि नदेखिएमा त्यस्तो अदालतबाट भएको फैसला रद्द गर्न नपर्ने । विशेष अदालत ऐन, २०१४ को दफा २ मा गठनको व्यवस्था ऐ को ३ दफाले उजुरी सुम्पने र खटाउने, श्री ५ को सरकारलाई अधिकार – सदस्य मध्ये अध्यक्ष हुनेमा अध्यक्षलाई सदस्य होइन भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 278वि.सं. २०२२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) विभागीय प्रमुखको अधिकार श्री ५ को सरकारमा निहित भएकोमा तलबाटै टिप्पणि उठी मन्त्री स्तरसम्म पुगी सस्पेण्ड गरिएकोमा अनाधिकार गरेको भनी उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । ०२१।३।२९।३ को आदेश बमोजिम विपक्षी वन कृषि मन्त्रालयले पठाएको जवाफ समेतबाट ०१६।७।२।१ देख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 277वि.सं. २०२२पूर्ण इजलास

लेनदेन जालसाजी

(१) लुटपिटको अवस्था–कस्तो अवस्थाको लाई लुटेको भनी भन्न नमिल्ने । यदि सो बमोजिम नबुझाएको भए मेरो यो मानिस जिम्मा यस किसिमसँग राख्ने बन्दोबस्त गरी राखेको थिएँ भनी वादीले उल्लेख गर्न र त्यसको सबुद प्रमाण दिई गुजार्न समेत सक्नु पर्ने नसकेको र निज वादीले भोजप्रसादल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 276वि.सं. २०२२पूर्ण इजलास

लेनदेन जालसाजी

(१) कर्जा लेनदेन बाहेक व्यापारतर्फ नालिस दिने हदम्याद कायम गर्दा साहु असामीको ३८ नम्बर लागु हुने । वादीले प्रतिवादी संगै सम्पर्क राखी कारोबार गरेको देखिनाले कम्पनिले बैना पच गर्न पाउने नपाउने व्यापारको रीतिस्थिति के हो भन्नेतर्फ बिचार गरिरहनु नपर्ने र वादीले प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 275वि.सं. २०२२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) आफूले हेर्ने अधिकार नभएको बिषयको उजुरी सुनी गरेको अनाधिकार निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिल्ने । सुरक्षित किसानको हक प्राप्त गर्ने अवस्था पुगी सकेको त्यस्ता सुरक्षित किसानहरूले आफूले ऐन बमोजिम पाईसकेको सुरक्षित किसानको हक कायम राख्न वा संभावित वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 274वि.सं. २०२२पूर्ण इजलास

लिखत पास

(१) अगाडिको फट्टा लिखतले पछिल्लो दृष्टि लेखी दिएको आधार र त्यस्तो पास नभएको लिखतको दावा पुग्न नसक्ने । सवभन्दा पछिल्लो लिखतले अगाडिका लिखतहरू फट्टा गरी सकेको र पास पनि नभएको हुनाले अगाडिका फट्टा लिखतले दृष्टि लेखाएको घर समाउन पाउने अवस्था नपर्ने । ति फट्टाहरू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 273वि.सं. २०२२संयुक्त इजलास

उत्प्रेषणको अदेश जारी गरी पाउँ भन्ने

(१) धेरै अवधि पछि रीट माग गरे असाधारण अधिकार क्षेत्र प्रयोग गर्न नमिल्ने । धेरै समय अर्थात २ बर्ष पछि मात्र निवेदन गर्न आए रीटको छोटो छरितो व्यवस्था यति बिलम्ब गरी आएको निवेदनपत्रलाई स्थान दिई असाधारण अधिकार क्षेत्र प्रयोग गर्न नमिल्ने हुनाले खारेज हुने ठहर्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 272वि.सं. २०२२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) जमानीले अपील गर्न पाउने कुनै कानूनमा व्यवस्था भएको नहुँदा उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने । श्रेस्तातर्फको अपील हेर्नलाई देहायका कुरामा देहाय बमोजिम र अरु कुरामा भैरहेका ऐन सवाल बमोजिम गर्नु भन्ने उल्लेख भएकोबाट यो निवेदक कमलबहादुर सरकारको काम गर्ने रकम…

नजिर सार पढ्नुहोस् →