नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 283 · वि.सं. २०२२
नि.नं. 283 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्न नमिल्ने । भए गरेको काम कानून अनुरुप नभए उत्प्रेषणको आदेशद्वारा बदर हुने । कर्मचारी मुछिएको केश चिफ कहाँ पठाउनु भन्ने ०२०।६।६ को आदेश भएको र त्यस पछि नं.१०२६५ को आ.वा.बाट पनि अधिकार भएको भनी विपक्षी प्रिभेन्टीभ अफिसरले लिखित जवाफमा जिकिर लिएकोमा कानूनद्वारा निर्दिष्ट गरिएको बिषयमा त्यसको प्रतिकूल आदेशद्वारा अधिकार पाएको भन्नु कानूनको दृष्टिमा मान्य नहुनु त छँदै छ, तथापि त्यस्तो कुनै आदेश आ.वा.छ भनी विद्वान सरकारी वकिलले पेश गर्नु भएको छैन र बहसमा पनि भन्नु भएन । अतः उल्लेख गरिए बमोजिम आफूलाई कानूनले हेर्न छिन्न अधिकार नदिएको बिषयमा आफ्नो मुकाममा विपक्षी प्रिभेन्टिभ अफिसरले निवेदकको ०२०।९।३।३ मा बयान गराई ०२०।९।५।६ मा ततिम्बा बयान गराएको कानून अनुरुप नहुनाले उत्प्रेषणको आदेशद्वारा सो बयान बदर गरिएको छ । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 283 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2022/04/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 283 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
