नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 278 · वि.सं. २०२२
नि.नं. 278 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विभागीय प्रमुखको अधिकार श्री ५ को सरकारमा निहित भएकोमा तलबाटै टिप्पणि उठी मन्त्री स्तरसम्म पुगी सस्पेण्ड गरिएकोमा अनाधिकार गरेको भनी उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । ०२१।३।२९।३ को आदेश बमोजिम विपक्षी वन कृषि मन्त्रालयले पठाएको जवाफ समेतबाट ०१६।७।२।१ देखि चीफ कञ्जर भेटर तथा कञ्जर भेटरको दरबन्दी कायम भएको र चीफ कञ्जर भेटर ०१६।११।३ मा र कञ्जर भेटर ०१७।१।१३ मा विभागीय प्रमुख भएको गजेटमा प्रकाशित सूचनाबाट देखिएकोले निवेदक उपर विभागीय कारावई गरी सस्पेण्ड गरेको बखत सो गर्ने विभागीय प्रमुखको अधिकार श्री ५ को सरकारमा निहित भएको र निवेदकलाई तलबाट टिप्पणीं उठ्दै गई मन्त्रीस्तरसम्म पुगी सस्पेण्ड गरेको देखिएकोले समेत निवदेकको माग बमोजिम उत्प्रेषणको रीट जारी गर्न नमिल्ने हुँदा यो रीटको निवेदनपत्र खारेज हुने ठहर्छ । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 278 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2021/02/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 278 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
