नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 288 · वि.सं. २०२२

नि.नं. 288 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नगर पञ्चायत ऐनको परिच्छेद ७ दफा ५४ घर बनाउने नक्सा पास गर्ने बिषयमा बाद विवाद भई चलेको मुद्दामा भन्ने उल्लेख भएको ढलको वाद विवाद भई चलेको मुद्दामा उक्त ऐन बमोजिम जरिवाना गर्न नमिल्ने । नगरे बदर हुने । नगर पञ्चायतबाट नगर पञ्चायत ऐन ५४ बमोजिम भनी निवेदकलाई रु.२। दुई जरिवाना गरेको । सो ७।५४ दफामा परिच्छेद ७ को उल्लंघन गर्ने व्यक्तिलाई र नगर पञ्चायतले दिएको आदेश नियम उपनियमको व्यवस्थाको वर्खिलाप वा नगर पञ्चायत ऐन नियम समेत बमोजिम गर्न लागेको काममा बाधा गर्नेलाई जरिवाना गर्ने व्यवस्था भएको देखिएको । परिच्छेद ७ मा घर बनाउने नक्सा पास गर्ने बिषयमा बाद विवाद उत्पन्न भई कारवाई चल्ने बिषयकोसम्म उल्लेख भएको देखिनाले ढलको बिषयमा बाद विवाद भई चलेको मुद्दामा उल्लेख गरिए बमोजिम जरिवाना गरेको हो । कानूनको दृष्टिमा मान्य हुँदैन र सो जरिवाना गरेकोसम्म बदर हुन्छ । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.288
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2022/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री हेम्बर राज
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 288
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्