नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 293 · वि.सं. २०२२
नि.नं. 293 — भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तो अवस्थाको चोरीमा चोरीको हदम्याद नाघेको भन्न नमिल्ने ? ०१४ सालमा छ्यासमिस गराई सो मिति देखि चोर्नु, चोराउनु गरेको र ०१५।७।१२ मा उजुरी परेबाट कारवाई चलेमा म्याद नाघेको भन्न नमिल्ने । उक्त कपडा कुनै निश्चित एकै मितिमा चोरे, चोराए मासेको भन्ने नभई ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडिई छ्यासमिस गराई सोही मिति देखि कपडा चोर्नु, चोराउनु, मास्नु भ्रष्टाचार पूर्ण कारवाई गर्ने गराउने गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा लेखिएको र भ्रष्टाचार काला बजार र चोरी समेत गरे भन्ने १५।७।१२।३ मा विशेश्वरलाल गुप्ताले दिएको उजुरीबाट कारवाई उठान भएको देखिएकोले चोरीको ऐनको १ बर्षको हक म्याद नाघेको भन्न भएन । (प्रकरण नं.१३) (२) भ्रष्टाचार निवारण ऐनको दफा ३० – वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने । वि.पु.वि. ले भ्रष्टाचार ऐनको परिच्छेद २ अन्तर्गतको सजाय हुने कसुरमासम्म तहकिकात गरी कारवाई चलाउन पाउने भनी ऐन दफा १७, १८ ले व्यवस्था गरेको छ । त्यो बाहेक अरु ऐन बमोजिम अरु अड्डा अदालतमा अरु कसैले मुद्दा चलाउन पाउने हक सुरक्षित गरेको । भ्र.नि ऐन दफा ३० वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने देखिन्छ । (प्रकरण नं.१३) (३) मालधनीको रोहवरमा आदेशानुसार गाठ खोलि जाँच भएकोमा चोरे, चोराए भन्न नमिल्ने । कपडाको गाठ खोल्दा महाविर रोहवरमा रहेको देखिएकोले मालधनी नराखि खोलेको भन्न भएन । सो १७८ गाठ कपडा कति मोल परेको रहेछ, हाल कति मुल्यको छ ? भन्सार गोश्वाराका हाकिम र गौचर भन्सार गोश्वाराका साक्षी दुर्गाप्रसाद गई विल भौचर मालको नमुना समेत राम्रोसँग जाँची बुझी रिपोर्ट पेश गर्नु भन्ने तत्कालिन उपपन्त्री रत्नप्रसादज्यूबाट आदेश भए बमोजिम कपडा जाँच्दा विल भौचर बैंकबाट माहाविरले लगिसकेको भई हेर्न नपाएको भनी आदेशानुसार गाठ खोली जाँच गर्दा छ्यासमिस हुनु स्वाभाविकै भएकोले त्यस तथ्यको आधारले चोरे, चोराए मासेको भन्न नमिल्ने । (प्रकरण नं.१५) (४) प्रष्ट सबूदको अभावमा कसुर कायम गर्न नमिल्ने । क–कस्तो प्रमाण वारदातको निमित्त योग्य हुन आउने ? बैंकको कपडा ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडी छ्यासमिस गराई सोही मितिदेखि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा उल्लेख भएकोले त्यसपछि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने प्रमाणको निमित्त ११।१०।२१ र ११।१०।२४ मा कपडा उपत्यकामा पैठारी हुनु भन्दा अघि ०११।१०।५सम्मको लेखिएको । २५ घर १४ साल भन्दा अघिको । अरु समेत खाताहरू यो वारदातका निमित्त लायक प्रमाण हुन आउँदैनन । तसर्थ, बजारमा बिक्री भए भनेका कपडाहरू बैंकबाट निकाशी भएका हुन भन्ने प्रष्ट सबुदको अभावमा कुनै कपडा बजारमा विक्रि भएको नातालेसम्म कसुर कायम गर्न मिल्ने देखिंदैन । (प्रकरण नं.१६) (५) वारदात वा अपराध भएको भन्दा धेरै बर्ष अगाडि भएको खर्च वा घटनालाई वारदात वा अपराध सम्बन्धित भन्न नमिल्ने । सुर्जेमलको खातामा रु.३२९६०।।। खर्च लेखिएको मुनासिव । फाँट नभएकोले भ्रष्टाचारमा खर्च भएको देखिने भनेकोमा १४ साल पछि कपडा चोर्नु, चोराउनु, मास्नु गरेको भनिन्छ । १४ साल पछि कपडा चोर्ने चोराउने मास्ने उद्देश्यले कर्मचारीलाई दिन ११ सालमा खर्च लेखिएको अथवा खर्च गरिएको भन्न नमिल्ने । (प्रकरण नं.१७) (६) अन्दाजीको आधारमा कायम गरिएको नाप तौलबाट बदनियत साथ घटाई लगत गरेको भन्न नमिल्ने । मधुवनप्रसाद दुर्गाप्रसादले लगत गर्दा घटाई लगत गरेको भनेमा धेरै कपडाको लगत गर्दा गन्ति गर्ने हिसाब गर्नेको भुलले केही घटि वढी पर्न जानु असम्भब होइन । उस्मा पनि छ्यासमिस टुक्रा बेठन समेत अन्दाजी गज २२०८ भनी वि.पु.वि. ले सो कपडा नाप गरेको रहेनछ भन्ने देखिन आयो । नाप गर्नु पर्ने, नगरी त्यसरी अन्दाजी लेख्दा घटि भनेको कपडा त्यसैमा परेको पनि हुन सक्छ । त्यसकारण निजहरूले बदनियत साथ घटाई लगत गरेको भन्न नमिल्ने पनि देखिन आयो । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 293 |
|---|---|
| मुद्दाको विषय | भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने |
| निर्णय वर्ष / मिति | 2022/04/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लोकराज जोशी | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 293 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
