(१) कानूनको रीत नपुर्याई कुनै अधिकारीले कसैलाई थुन्न नपाउने । थुनेमा बन्दी प्रत्येक्षीकरणको रीटद्वारा मुक्त गरिने । विपक्षी अञ्चलाधीशले सोबमोजिम निवेदकहरूलाई मुद्दा हेर्ने अधिकारीका समक्ष बाटाको म्याद बाहेक २४ घण्टा भित्र उपस्थित गराई अनुमति लिई थुनामा राखेको…
(१) कस्तो अवस्थाको कस्तो लिखित सद्दे या जालसाजी के हो ? भन्नेतर्फ अदालतले विचार गर्नु नपर्ने । सट्टा पट्टा भनेको लिखित ऐनबमोजिम रजिष्ट्रेशन पास भएको नदेखिएको र उसमा पनि झगडा परेको खेत मुरी ।८ वादीको लोग्नेको हकको भन्ने दर्ता भोग तिरो समेतको प्रमाण बेगर ती लिखि…
(१) छापाखाना प्रकाशन रजिष्ट्रेशन (दोश्रो संशोधन) नियमावली, २०२२ को दफा ७ (क) –योजना पेश गर्न थप म्याद दिन सक्ने व्यवस्था बारे पक्षलाई उक्त नियमले बाध्यात्मक गरेको भन्न नमिल्ने । नियम उल्लंघन गर्यो भनी सजाय गरेको ऐनको अनुकूल नभएको । ऐनको अनुकुल नभएको आदेश उत्प…
(१) छापाखाना र प्रकाशन (दोश्रो संशोधन) नियमावली, २०२२ को नियम ५, छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा ७ को उद्देश्यलाई नै पूरा गर्न बनेको नियम, ऐनको उद्देश्य पुरा गर्न ऐनको दफा २ ले नियम बनाउने अधिकार प्रदान गरेकोमा ऐनको उद्देश्य पुरा गर्न बनाइएको नि…
(१) संविधानको धारा १७, सार्वजनिक हितको निमित्त व्यवस्थित वा नियन्त्रित गर्न कानून बनाउन सकिने, मौलिक हकको उपभोगलाई नियन्त्रित र व्यवस्थित गर्नका उद्देश्यले बनेको ऐनको प्रस्तावनामा सार्वजनिक हितको निमित्त बनेको भन्ने लेखिएको भरमा मान्न करै लाग्ने, ऐनले उद्देश्य…
(१) कारण मनासिव नदेखिएमा र कारवाही बेरीत भएमा थुन्न नमिल्ने । अ.बं.११८ नं.को १२ दफा कस्तो अवस्था, परिस्थितिमा लाग्न सक्ने ? अ.बं.११८ नं.को १२ दफा लगाएको देखिएकोले सो ऐनमा के कस्तो व्यवस्था रहेछ भनी हेरेमा कुनै प्रकारको चोरी मुद्दामा सावित भई मुद्दा हेर्ने अड्ड…
(१) अ.बं.२०५ नं.मा रहेको “कसैको अपील उजुर परेकोबाट इन्साफ सजाय उल्टाई फैसला गर्दा, अपील गर्दा उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो” भन्ने शब्दको तात्पर्य–इन्साफ सजाय उल्टिने भई उल्टाई फैसला गर्दा सोही कारणबाट उही सरहका अपील उजुर नगर्ने अरू…
(१) कस्तो छापिएको समाचार छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ५ (१) अन्तर्गत नपर्ने । सकारात्मक रूपमा छापी प्रकाश गरेको नभई, अबैध कार्यको शंका शिर्षक दिई प्रश्न सूचक चिन्ह दिई शंका गरिएकोसम्मलाई उपरोक्त ऐनको दफा ५(१) अन्तर्गतको अपराध गरे भएको भन्न नमिल्न…
(१) साविकको मुलुकी ऐनको जारिको १५ नं. र साधुले गर्न पाउने जारी खतको सजाय नयाँ जारीको २ नं.मा साधुले विवाह खर्च या कैदसम्म गराउन पाउने–केही फौजदारी मुद्दा खारेज गर्ने दण्ड सजाय मिन्हा दिने ऐन, २०२० साविक र हालको मुलुकी ऐनमा एकै अपराधमा घटि बढी सजाय तोकिएको देखि…
(१) विदेशीसँग विवाह भएमा यस सरहदको जग्गा राजिनामा गराई लिन पाउने अवस्था । प्र.हरू यसै सरहदमा जन्मेको कुरा देखिएकै छ । विदेशीसँग निजहरूको बैवाहिक सम्बन्ध भए तापनि यसै सरहदमा आई बसेको भनी प्र.हरूले जिकीर गरेको कुरा रजिष्ट्रेशन पास भएको लिखितमा मुदरी पनामाको वतन…
(१) विशेष अदालत ऐन, २०१३ को दफा ३–समय समयमा परेको, पर्ने भएको मुद्दा मामिला श्री ५ को सरकारले सुम्पन सक्ने । अतः भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ अन्तर्गतका मुद्दाहरू विशेष अदालतलाई सुम्पन्न मिल्ने नै । विशेष अदालतहरू, विशेष अदालत ऐन, २०१३ अन्तर्गत गठन भएको र व…
(१) थुनिएको व्यक्ति सम्बन्धमा कैफियत तलब गर्दा अनुमतिको लागि कारवाही भईरहेको भन्ने जवाफ देखिएमा कानूनको रीत पुर्याई थुनामा राखेको नदेखिए बन्दी प्रत्यक्षीकरणको आदेशद्वारा थुनाबाट मुक्त गरिने । कैफियत तलब भईसकेपछि मात्र मुद्दा हेर्ने अधिकारीको अनुमतिका लागि कार…
(१) अधिकारसम्बन्धी प्रश्न अघिल्लो बेञ्चमा (पहिले) नउठाएमा पनि पछिको बेञ्चमा सो प्रश्न उठाउन नपाउने भन्न नमिल्ने । एक बेञ्चमा नउठाईएको प्रश्न अर्को बेञ्चमा उठाउन मिल्ने नै । श्री माननीय प्रधान न्यायाधीशले मात्र हेर्ने अथवा प्रधान न्यायालयबाट समेत हेर्ने बिषयमा…
(१) अंश दिन नपर्ने भन्ने कुराको सबुद प्रतिवादीले गुजार्न सक्नु पर्ने । सबुदको अभावमा अंश दिन नपर्ने भन्न नमिल्ने । बण्डापत्रमा जगतप्रकास जंग हर्षकुमारी २ जनाको मात्र छुट्याउने अरुको गोश्वरै राख्नु परी छुट्याई रहनु नपर्ने भन्ने प्रष्ट लेखिएको हुँदा त्यसबाट वादी…
(१) उखडासम्बन्धी ऐन, २०२१ को दफा ७ ले ट्राइबुनलको निर्णय अन्तिम हुने भन्ने भए तापनि ऐजन ऐनको दफा ८(२) ले ट्राइबुनलको निर्णय अन्तिम हुने भन्न नहुने । उक्त दफा ८(२) को वाक्यांसले ट्राइबुनल उपर सर्वोच्च अदालतमा अपील लाग्ने । उक्त दफामा अन्तिम किनारा लगाउन भन्ने व…
(१) कारवाइ समय भित्रै गराउनु पर्ने । तोकिएको म्याद पछि अनिश्चितकाल लामो अवधि पछि रिभ्युको माग भएमा फैसला बमोजिम काम कार्यान्वित नगरी रोकि राख्न कुनै मनासिव कारण हुनु पर्ने । अदालत समक्ष पेस भई इन्साफ भईसकेको लिखत हराइ अधिकारी समक्ष दर्खास्त दिएकोमा पछि सो नै ल…
(१) राजगुठीको लक्षण – गुठीको कागजातमा कस्तो बोली परेकोलाई राजगुठी ठहर्याउनु पर्ने ? राजा वा रानीबाट देव देवतालाई यो काम गर्नु खानु भनी सनद लालमोहर गरी राखिएको गुठी श्री ५ को सरकार तर्फ गुठीको लगतमा दर्ता हुने श्री ५ स.त.गुठी जाँच अड्डालाई भएको सवालका ५५ दफाले…
(१) ऐनले निर्देश गरे बमोजिमको अदालतबाट हेरिने मुद्दा ऐनले निर्देश गरे बेगरैका अधिकारीले हेरे छिनेमा निर्णय कानूनसंगत नहुने । अनाधिकार निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिने । भूमीसम्बन्धी ऐनले स्वतः किसानको हक प्राप्त भएको भए पनि, पछि कुनै किसिमको झै झगडा नपर…
(१) सार्वजनिक सुरक्षा ऐन, २०१८ को उद्देश्य नेपाल अधिराज्यको सुरक्षा र शान्ति र व्यवस्था बिदेशी राज्यहरूसंग मित्रताको सम्बन्ध र बिभिन्न वर्ग पेशा वा क्षेत्रका जनताका बीच सुसम्बन्ध कायम राख्ने । उक्त उद्देश्यहरूको व्याख्या साधारण ऐनको प्रयोगबाटै हुने काम कुरामा…
(१) नागरिक अधिकार ऐन, ०१२ को दफा १७ – आघात भएका व्यक्तिले नै क्षतिपूर्तिमा दावा गर्न सक्ने । आघात व्यक्तिको मृत्यु भएमा हकवालाहरूले क्षतिपूर्तिको दावा गर्न नमिल्ने । यदि कसैको लापरवाही वा गलत कामबाट कसैलाई घातक चोट लागेमा त्यस्तो घातक चोट लगाउने व्यक्ति वा अधि…
(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ को दफा (२) – विशेष पुलिस अफिसरलाई प्रचलित कानून बमोजिम पुलिसले पाए सरहको सबै अधिकार कर्तव्य, सुविधा र दायित्व हुने । अदालतलाई भएको अधिकार मध्ये तारेखमा राख्ने, जमानीमा छाड्नेसम्मको मात्र अधिकार प्रदान गरिएको । (क) अ.बं.…
(१) न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा ८ को उपदफा २ को १ (ख) – धेरै प्रतिवादीहरू भएको मुद्दामा सबै प्रतिवादीहरूलाई रु.१०००। भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैद भएको दामासाही गर्दा एक प्रतिवादीलाई रु.१०००। भन्दा कम दण्ड वा १ बर्ष भन्दा कम कैद पर्…
(१) साविकको मुलुकी ऐन रजिष्ट्रेशनको २३ नं.– दुवै पक्षलाई कागज पढी सुनाई मतलब सम्झाई सहिछाप गराउनु पर्ने । त्यस्तो रीत पुर्याई भए गरेको कागजलाई धेरै पछि आई झुक्याई गराएको भन्न नमिल्ने । लिने दिने दुवै थरलाई सो कागज स्पष्ट गरी पढी सुनाई यो कागजबाट यस्तो हुन्छ भ…
(१) रजिष्ट्रेशनको ५ नं.– जुनसुकै व्यहोराका कागज पनि पास हुन सक्ने । लिखतको प्रथम शर्त मुद्दामा मेरो जीत भई अन्तिम किनारा लागे पछि मात्र दिने भन्ने कुराको शर्त लेखिएकोबाट मुद्दामा जीत भए मात्र पाउने हार हुन गएमा पनि पाउने भन्ने नलेखिएकोबाट दुवै अवस्था उत्पन्न ह…