नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 311 · वि.सं. २०२३
नि.नं. 311 — लिखत बदर गरी जग्गा थामी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विदेशीसँग विवाह भएमा यस सरहदको जग्गा राजिनामा गराई लिन पाउने अवस्था । प्र.हरू यसै सरहदमा जन्मेको कुरा देखिएकै छ । विदेशीसँग निजहरूको बैवाहिक सम्बन्ध भए तापनि यसै सरहदमा आई बसेको भनी प्र.हरूले जिकीर गरेको कुरा रजिष्ट्रेशन पास भएको लिखितमा मुदरी पनामाको वतन यसै सरहदमा लेखिएको र निजहरूका नामको म्याद पनि यसै सरहदमा तामेल भएकोले समेत पुष्टि गरेको छ । (प्रकरण नं. १६) (२) तत्कालिन अदलको २१ (५) नं.–हाम्रा मुलुकका रैयत बिराना मुलुकमा बसेका बखत जन्मेका सन्तान मुलुकमा आई बसेका र बस्नेले जग्गाहरू लिन अधिकार प्रदान गरेकै । तत्कालीन अदलको २१ नं.को ५ दफामा हद भएको बाहेक हाम्रा मुलुकका रैयतहरू बिराना मुलुकमा गए बसेका बखतमा जन्मेका सन्तानहरू हाम्रा मुलुकमा आई बसेका र बस्नेले पनि जग्गाहरू लिएको सदर हुन्छ भन्ने लेखिएको छ । यसै सरहदमा आई बस्छ भन्ने विदेशमा जन्मेको भए पनि यसै सरहदमा आइ बसेका छन भने, वंशजको नाताले र बासस्थानको कारणले यसै सरहदको जग्गा उपभोग गर्न दिन कानूनले रोकेको थियो भन्ने देखिंदैन । तसर्थ, उपरोक्त कारणहरूबाट इन्साफ ०२२।७।२६।५ को डिभिजन बेञ्चको मनासिव ठहर्छ । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 311 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर गरी जग्गा थामी पाउँ |
| निर्णय वर्ष / मिति | 2022/10/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 311 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
