नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 305 · वि.सं. २०२२

नि.नं. 305 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कारवाइ समय भित्रै गराउनु पर्ने । तोकिएको म्याद पछि अनिश्चितकाल लामो अवधि पछि रिभ्युको माग भएमा फैसला बमोजिम काम कार्यान्वित नगरी रोकि राख्न कुनै मनासिव कारण हुनु पर्ने । अदालत समक्ष पेस भई इन्साफ भईसकेको लिखत हराइ अधिकारी समक्ष दर्खास्त दिएकोमा पछि सो नै लिखतलाई नामाकरण गर्न न्यायोचित नहुने । रिभ्युको हरएक निवेदनपत्र दिंदा धरौटी अपीलबाट वा थुनावाबाट अपील गर्नेले सो फैसला भएको जनाउ पाएकाबाटाका म्याद बाहेक ३५ दिन भित्र र अरु रुजु रहनेले फैसला भएका ३५ दिन भित्र रु.२। का लिफा दस्तुर साथ दिनु पर्छ । तर यो नियम लागु हुनु भन्दा अघि सर्वोच्च अदालतबाट फैसला भएकोमा यो नियम लागू भएका ३५ दिन भित्र चाहिने दस्तुर साथ रिभ्यूको निवेदनपत्र दिन पाउँछ भन्ने उल्लेख भएको पाइयो । तर निवेदकले सो समय भित्रै रिभ्यू गरी पाउँ भनी निवेदन नदि, मिसिल सामेल रहेको तमसुक रोक्का गरी तुरुन्त जाँचि कैफियत पत्ता लगाइ पाउँभन्नेसम्म उल्लेख गरी १३ साल श्रावणमा निवेदन दिएको र त्यसपछि १४ साल फाल्गुणमा मात्र मुद्दा दोहर्‍याई पाउँ भनी निवेदन दिएको देखिन्छ । यि निवेदकले मौकैमा कानून र नियमले तोकिए बमोजिम रिभ्यु गरी पाउँ भनी निवेदनसम्म पनि दिन नसकेको त्यस्तो भएका फैसला अनुसारको काम कार्यान्वित नगरी सो लिखत रोकि राख्न र कुनै कारवाइ गर्न मनासिव नपर्ने । उसमा पनि सर्वोच्च अदालतबाट ०१३।४।१४ गते फैसला भईसकेपछि १४।२।२७ मा अर्थात अन्तिम फैसला भएको मितिले १० दस महिना पछि सो रु.२६०१। को लिखत काशिलालले फिर्ता लगेको देखिएबाट यि निवेदकले रिभ्यु गरी पाउँ भनी निवेदन दिई कारवाइ गर्ने समय भित्रै र फैसला भएपछि तत्काल लिखत फिर्ता लगेको पनि देखिन आएन । (प्रकरण नं.१८) (२) सर्वोच्च अदालतबाट अन्तिम फैसला भए पछि भिमलालले निखनी लिइ त्यसले पनि बासुदेवलाई ०१४।८।३ मा राजिनामा गरी दिइ सकेको देखिएको । ०८।५।२९।३ को रु.२६०१। लिखत ०१७।१२।२५ मा हराएकोले ल.पु. डि.यस.पि.अफिसमा दरखास्त दिएको छु भनी बासुदेवले ०१८ साल माघमा दरखास्त दिएको हुँदा सो लिखत यस बेञ्च समक्ष प्रस्तुत हुन नआएको र उक्त लिखत हेरी पास हुने ठहराई शुरु ल.पु.ई.अ.अपील दोश्रा सर्वोच्च अदालत सिंगलबेञ्चबाट लिखत पास हुने ठहराई फैसला भईसकेकोमा यो निवेदकको भनाईले मात्र सहछिाप काटि अर्को कागजमा टाँसेकै हो भनी भन्न ठहराउन नमिल्ने । (प्रकरण न.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.305
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2022/03/15
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 305
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्