नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 315 · वि.सं. २०२३

नि.नं. 315 — बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कारण मनासिव नदेखिएमा र कारवाही बेरीत भएमा थुन्न नमिल्ने । अ.बं.११८ नं.को १२ दफा कस्तो अवस्था, परिस्थितिमा लाग्न सक्ने ? अ.बं.११८ नं.को १२ दफा लगाएको देखिएकोले सो ऐनमा के कस्तो व्यवस्था रहेछ भनी हेरेमा कुनै प्रकारको चोरी मुद्दामा सावित भई मुद्दा हेर्ने अड्डामा कागज लेखी दिने वा जहाँसुकै भए पनि अधिकार प्राप्त अधिकारीका समक्ष त्यस्तो साविति कागज गरेकोमा सो कागज निजले आफ्नो राजी खुशीबाट गरेको होइन भन्ने कुरा मुद्दा हेर्ने अड्डालाई विश्वास हुने कारण नभएसम्म वा दसी साथ पक्राउ भएकोमा सो दसी निजसँग रहन आएको मनासिव माफिकको कारण देखाउन नसक्नेलाई वा तत्काल प्राप्त प्रमाणबाट निजले कसुर गरेको देखिन आयो भने थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्छ भन्ने लेखिएको पाइयो । सो ऐनको यस वाक्यांश भित्रको देखिई थुनेको भन्ने विपक्षीको पर्चा वा लिखितजवाफमा उल्लेख नभएको । उसमा पनि निज बन्दी आफ्ना उपर लगाएको अभियोगमा इन्कार रहेको, दसी बरामद हुन नसकेको समेत देखिएकोमा तत्काल प्राप्त प्रमाणबाट निजले कसुर गरेको देखिन आयो भन्ने वाक्यांश भित्र परेको भई थुनामा राखिएको भनी विद्वान वकिलको बहस आयो । अभियोगीले दिएको समेत सबुद नबुझ्दै उजुरी र केही सर्जमिनको भनाइसम्मको आधारमा अहिले नै त्यस्तो वाक्यांश प्रयोग गर्ने अवस्था भईसकेको, उस्मा पनि सो कुरा पर्चामा उल्लेख नभएकोले सो बहस तथ्यपूर्ण नदेखिएकोले सो ऐनले थुनिने भई थुनिएको भन्ने विपक्षीको भनाइ र विद्वान वकिलको बहस आधाररहित देखिन्छ । तसर्थ, निज कृष्णप्रसादलाई थुनेको कारण मनासिव नदेखिएको र उपरोक्त उल्लेख गरिएबमोजिम कारवाही बेरीत देखिएकोले निजलाई तुरुन्त थुनाबाट मुक्त गरिएको छ । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.315
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/01/20
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 315
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्