नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 298 · वि.सं. २०२२
नि.नं. 298 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साविकको मुलुकी ऐन रजिष्ट्रेशनको २३ नं.– दुवै पक्षलाई कागज पढी सुनाई मतलब सम्झाई सहिछाप गराउनु पर्ने । त्यस्तो रीत पुर्याई भए गरेको कागजलाई धेरै पछि आई झुक्याई गराएको भन्न नमिल्ने । लिने दिने दुवै थरलाई सो कागज स्पष्ट गरी पढी सुनाई यो कागजबाट यस्तो हुन्छ भन्ने मतलब समेत सम्झाई मात्र ऐन बमोजिम सहिछाप गराउनु भन्ने समेत उल्लेख भएको । सो बमोजिम अड्डाले रीत पुर्याई रजिष्ट्रेशन पास भएकोमा ९१ सालमा राजिनामा मितिले २१ बर्ष ९५ सालको राजिनामा मितिले १७ बर्ष पछि साहु र साक्षी मध्येका मानिसका नाउँमा ठगीको दावी लिई यो नालिस परेको र रजिष्ट्रेशनका हाकिम कारिन्दाहरू मिली झुक्याई रजिष्ट्रेशन पास गरे गराए भनी मौकैमा उजुर दिएको पनि नदेखिएकोबाट उक्त कानून बमोजिम रीत पुगी पास भए गरेको देखिन्छ । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 298 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2022/05/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 298 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
