नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 299 · वि.सं. २०२२

नि.नं. 299 — ज्यान कर्तव्य

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा ८ को उपदफा २ को १ (ख) – धेरै प्रतिवादीहरू भएको मुद्दामा सबै प्रतिवादीहरूलाई रु.१०००। भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैद भएको दामासाही गर्दा एक प्रतिवादीलाई रु.१०००। भन्दा कम दण्ड वा १ बर्ष भन्दा कम कैद पर्ने भएमा सजायको जम्मा अंक बर्षबाट नै हद माथीको भन्न नहुने । सर्वोच्च अदालतमा अपील लाग्न नसक्ने । धेरै प्रतिवादीहरू मिलि १००० रुपैंया भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैदको एउटै सजाय हुने सामुहिक रुपको कसुर गरेका छन भने सो सजायको दामासाहीले १ जनाका हकमा १००० रुपैंया भन्दा घटी दण्ड १। बर्ष भन्दा घटी कैद भएको छ भने पनि त्यस्तो अवस्थामा र एकै मुद्दामा कसुर अनुसार कसैलाई १००० भन्दा बढी दण्ड १ बर्ष भन्दा बढि कैद, कसैलाई १००० भन्दा घटी दण्ड १ बर्ष भन्दा घटी कैद भएको छ भने त्यस्तो अवस्थामा समेत मुद्दाको रुपबाट अपील लाग्ने नलाग्ने कुराको बिचार गर्नु पर्ने हुन्छ । मुद्दाको बिभिन्न अभियुक्तहरू कसैलाई पनि निजहरूलाई छुट्टा छुट्टै सजाय हुने कसूरमा १००० भन्दा बढी दण्ड वा १ बर्ष भन्दा बढी कैदको सजाय गर्ने गरी फैसला भएको छैन भने यस्तो स्थितिमा धेरै जनालाई भएको सजायको जम्माबाट उक्त ऐनको हद माथी हुने भनी १००० भन्दा घटी कैदको दण्ड वा १ बर्ष भन्दा घटी कैदको सजाय पाएका व्यक्तिहरूको अपील लाग्ने भन्ने प्रश्न उठन सक्दैन (प्रकरण नं.८) (२) धेरै प्रतिवादीहरू भएको मुद्दामा कोही प्रतिवादी फरार रहेमा र हाजिर रहेका प्रतिवादीलाई कैद महिना ६ मात्रको सजाय तोकिएकोमा सो सजायको आधारबाटै अपील नलाग्ने भन्न नमिल्ने । मुद्दाको रुपबाट बिचार गर्नु पर्ने । २२ जना प्रतिवादीहरूले कुटपिट गरेका चोट पिरबाट पर्सेराना मरेको हुँदा कर्तव्यमा सजाय गरी पाउँ भनी निज कालुबुढा समेत उपर वादीले कर्तव्यमा उजुर गरेकोमा ज्यान सम्बन्धीको ७ नं.३ दफा बमोजिम कसूर ठहराई अपीलाट कालुबुढाका हकमा कैद महिना ६ मात्रको सजाय तोकि सल्यान जिल्ला अदालतबाट फैसला भएको भए पनि १ जना प्रतिवादी हेपलोपु फरार रहेको पक्राउ भएपछि निजका हकमा ऐन बमोजिम कारवाई हुँदा ठर्हन आउने कसुर अनुसार सजाय तोकि फैसला गर्ने काम बाँकी नै हुनाले हालै १ बर्ष भन्दा घटी कैदको सजाय हुने मुद्दा भन्न मिल्ने अवस्था पुगी सकेको नहुँदा प्रस्तुत मुद्दाको रुपबाट निज कालु बूढाको अपील नलाग्ने भन्ने मिल्ने देखिएन । तसर्थ, अपील लाग्ने ठहराई माननीय न्यायाधीश धनेन्द्रबहादुरले गर्नु भएको राय मुनासिव छ । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.299
मुद्दाको विषयज्यान कर्तव्य
निर्णय वर्ष / मिति2022/05/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्टसंग राय सहमत हुन नसकेकोले स.अ. नियमावली ३३ को (क) दफा फूलबेञ्चमा पेश गर्न भन्ने समेत मा.न्या. श्री धनेन्द्रबहादुर सिंहको ०२२।१।२८।२ को राय फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 299
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्