नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 320 · वि.सं. २०२३

नि.नं. 320 — बन्दी प्रत्यक्षीकरणको आदेशजारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनको रीत नपुर्‍याई कुनै अधिकारीले कसैलाई थुन्न नपाउने । थुनेमा बन्दी प्रत्येक्षीकरणको रीटद्वारा मुक्त गरिने । विपक्षी अञ्चलाधीशले सोबमोजिम निवेदकहरूलाई मुद्दा हेर्ने अधिकारीका समक्ष बाटाको म्याद बाहेक २४ घण्टा भित्र उपस्थित गराई अनुमति लिई थुनामा राखेको भन्न नसकी सर्वोच्च अदालतमा प्रस्तुत निवेदन गरी कैफियत तलब भैसकेपछि मात्र मुद्दा हेर्ने अधिकारीको अनुमतिका लागि कारवाई गरेको भन्ने निजकै लिखित जवाफबाट देखिएको र मेची अञ्चल विशेष अदालत गठन भएको ०२२।१०।१८ को गजेट २२।११।२५ मा मात्र प्राप्त भएको भन्ने भनाइ भए पनि भ्र.नि.ऐन, २०१७ अन्र्तगतको मुद्दा हेर्ने विशेष अदालत सो मितिभन्दा अघि हुंदै नभएको भन्न नहुने हुनाले समेत कानूनको रीत पुर्‍याई निवेदकले बाबु देवीभक्तलाई थुनामा राखेको नदेखिएकोले त्यस्तो गैरकानूनी थुनामा राखेकोबाट निजको संवैधानिक हक हनन भएको छैन भन्न नहुने र निवेदक रामचन्द्र सोनार विपक्ष वि.पु.वी. भएको बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरि पाउँ भन्ने केशमा संविधानको धारा ११ उपधारा ७ को ब्याख्या भई बन्दीलाई २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थितै गराउनु पर्ने व्यवस्था भएको देखिएको भन्ने कुरा ठहर उल्लेख गरी बन्दीलाई उपस्थित नगराई भ्र.नि.ऐन अन्र्तगतको अदालतले पत्रद्वारा दिएको अनुमति गैरकानूनी अमान्य ठहर्‍याई फुल बेञ्चबाट ०२१।६।१० मा आदेश भईराखेको पनि देखिएकाले समेत थुनुवा देवीभक्तलाई बन्दी प्रत्यक्षकरणको आदेशद्वारा गैरकानूनी थुनाबाट मुक्त गरिएको छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.320
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरणको आदेशजारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/01/09
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 320
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्