नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 310 · वि.सं. २०२३

नि.नं. 310 — उत्प्रेषणको रीट जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेष अदालत ऐन, २०१३ को दफा ३–समय समयमा परेको, पर्ने भएको मुद्दा मामिला श्री ५ को सरकारले सुम्पन सक्ने । अतः भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ अन्तर्गतका मुद्दाहरू विशेष अदालतलाई सुम्पन्न मिल्ने नै । विशेष अदालतहरू, विशेष अदालत ऐन, २०१३ अन्तर्गत गठन भएको र विशेष अदालत ऐनको दफा ३ प्रयोग गरी भूमिसम्बन्धी ऐनको कतिपय दफा अन्तर्गतका मुद्दाहरू सुम्पेको ०२१।१०।२६ को गजेटमा प्रकाशित सूचनाबाट देखिन्छ । विशेष अदालत ऐन, २०१३ को दफा ७ ले दायरी मुद्दाहरू झिक्न पाउने र ऐ.ऐनको दफा ३ ले समय समयमा परेको वा पर्ने भएको उजुरीबाट दायर गर्नुपर्ने भएको केही मुद्दा मामिला सुम्पन्न पाउने अधिकार श्री ५ को सरकारलाई भएको प्रष्टै छ । यसरी ऐनले दिएको अधिकार प्रयोग गरी सरकारले भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गतका मुद्दाहरू सुम्पेकोमा भूमिसम्बन्धी नियममा अदालत तोके पनि सो तोकेको अदालतको अधिकार क्षेत्रका मुद्दाहरू विशेष अदालतले हेर्न, छिन्न मिल्दैन भनी भन्न मिलेन । (प्रकरण नं. ६) (२) भूमिसम्बन्धी ऐन अन्तर्गतको, मुद्दा विशेष अदालतबाट हेरे छिने उपर–सुम्पिएको मुद्दाहरूको हकमा विशेष अदालत ऐनको दफा ८ बमोजिम अपील लाग्ने । भूमिसम्बन्धी ऐनको ५५ दफामा यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक यो ऐन अन्तर्गत तोकिएको अदालतमा परेको मुद्दा मामिलामा सो अदालतबाट भएको निर्णय अन्तिम हुनेछ र त्यसउपर कुनै अदालतमा अपील वा उजुर लाग्ने छैन भन्ने लेखेको हुँदा भूमिसम्बन्धी नियमावलीको नियम १२ मा तोकिएको अदालतले छिनेको मुद्दाहरूमा अपील नलाग्ने अन्तिम हुने कुरा प्रष्ट देखियो । तर विशेष अदालतलाई सरकारले भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गतको मुद्दाहरू सुम्पेकोमा सोही ऐनबमोजिम अन्तिम हुने हो कि भन्नलाई विशेष अदालत, भूमिसम्बन्धी ऐनबमोजिम तोकेको अदालत नभई विशेष अदालत ऐनबमोजिम गठित अदालत भएको । त्यस्तो विशेष अदालतले छिनेउपर अपील लाग्ने गरी विशेष अदालत ऐनको दफा ८ मा व्यवस्था भएकै देखिएकोले अधिकारप्राप्त अदालतबाट हेरि छिनिएको मुद्दा भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गतको हुँदैमा अपील नलाग्ने भन्न ऐनको बिपरीत अर्थ लाग्न जाने प्रष्टै छ । (प्रकरण नं. ७) (३) अपील लाग्नेमा रीटद्वारा आदेश गर्न नमिल्ने । विशेष अदालतले छिनेको अन्तिम नभए पछि उक्त फैसलालाई अन्तिम मानी उत्प्रेषणको आदेशद्वारा खारेज गर्न नमिल्ने हुँदा सोही कुरा निवेदकलाई सुनाइ दिई माथि लेखिएका कारणहरूले निवेदकले अपील दिन पाउने देखिँदा अपीलको म्याद दिनु भनी विशेष अदालतलाई लेखी पठाइदिनु । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.310
मुद्दाको विषयउत्प्रेषणको रीट जारी गरी पाउँ
निर्णय वर्ष / मिति2022/11/27
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 310
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्