नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 318 · वि.सं. २०२३

नि.नं. 318 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) छापाखाना प्रकाशन रजिष्ट्रेशन (दोश्रो संशोधन) नियमावली, २०२२ को दफा ७ (क) –योजना पेश गर्न थप म्याद दिन सक्ने व्यवस्था बारे पक्षलाई उक्त नियमले बाध्यात्मक गरेको भन्न नमिल्ने । नियम उल्लंघन गर्‍यो भनी सजाय गरेको ऐनको अनुकूल नभएको । ऐनको अनुकुल नभएको आदेश उत्प्रेषणद्वारा बदर हुने । उपरोक्त नियम प्रारम्भ हुनुभन्दा अगावै देखि प्रकाशन भैरहेको कुनै पत्रिकाले यो नियम प्रारम्भ भएको मितिले १५ दिनभित्र सन्तोषजनक योजना पेश गरेमा काठमाडौं उपत्यकामा भए निर्देशक र अन्य ठाउँमा भए स्थानीय पदाधिकारीले यस्तो पत्रपत्रिकालाई सो उपनियमहरूमा लेखिएबमोजिमको कुनै वा सबै काम कुराको व्यवस्था गर्न आवश्यकताअनुसार पटक–पटक गरी वा एकै पटक ३ महिनासम्मको म्याद दिन सक्नेछ भन्ने समेत लेखिएको देखियो । यसबाट त्यस नियमले योजना पेश गर्नैपर्छ भनी बाध्य गरेको देखिएन । त्यसको बिपरीत कुनैले योजना पेश गरेमा सम्बन्धित अधिकारीले छापाखाना धनी प्रकाशकले आफ्नो प्रकाशनलाई नयाँ नियमको साँचोमा ढाल्नलाई सोही नियमको ७ (क) को उपनियम (२) मा उल्लेखित केही म्याद थपि दिन सक्ने र योजना पेश गर्नेले पाउन सक्ने कानूनी व्यवस्था भएको देखिन आयो । यस्तो हालतमा उक्त निवेदकलाई बाध्यात्मक नभएको नियम उल्लंघन गर्‍यो भनी कई पटक सजाय गरेको आदेश, छापाखाना रजिष्ट्रेशन ऐन, २०१९ को दफा २७ को अनुकूल नभएकोले सो आदेशहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.318
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/01/23
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 318
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्