नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 312 · वि.सं. २०२३
नि.नं. 312 — हाडनाता घटी बढी करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साविकको मुलुकी ऐनको जारिको १५ नं. र साधुले गर्न पाउने जारी खतको सजाय नयाँ जारीको २ नं.मा साधुले विवाह खर्च या कैदसम्म गराउन पाउने–केही फौजदारी मुद्दा खारेज गर्ने दण्ड सजाय मिन्हा दिने ऐन, २०२० साविक र हालको मुलुकी ऐनमा एकै अपराधमा घटि बढी सजाय तोकिएको देखिएमा जुन ऐनमा घटी सजाय छ सोहीबमोजिम सजाय तोक्नु पर्ने–ऐनले विवाह खर्च पाउने देखिएमा वादीलाई रोजाउन नमिल्ने । यस किसिमको जारी मुद्दामा साविक जारीको १५ नं.बमोजिम साधुले गर्न पाउने जारी खतको सजायको सट्टा नयाँ जारीको २ नं.मा विवाह खर्च लिने या कैद गराउन पाउने व्यवस्था भएको र केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन, ०२० को दफा ५ को उपदफा २ को प्रतिवन्धात्मक वाक्यांश खण्ड (ख) मा त्यस्तो सजायको व्यवस्था गर्न कानूनमा त्यस्तो सजायको साथै विकल्पको रूपमा कैद दण्ड जरिवाना वा कुनै आर्थिक दण्ड सजाय वा दायित्वको समेत व्यवस्था भएको रहेछ भने त्यस्तो सजायको सट्टा कसुरदारलाई उपदफा (१) दफा (३) र (४) को अधिनमा रही सो कैद जरिवाना वा दण्ड सजाय वा दायित्व हुनेछ भन्ने उल्लेख भएको समेत पाइन्छ । सो दफा ५ को उपदफा (१) को खण्ड (क) मा साविकको मुलुकी ऐनले तोकेको सजाय भन्दा अनुसूचीमा उल्लेख भएको नेपाल ऐनमा बढी सजायको व्यवस्था रहेछ भने यस उपदफाबमोजिम सजाय तोक्दा साविक मुलुकी ऐनले तोकेको सजायमा नबढाई सजाय तोकिनेछ भन्ने उल्लेख भएकोले नयाँ जारीको २ नं.मा लेखिए मध्ये दुबै ऐनले स्वीकार गरेको विवाह खर्चसम्म पाउने देखिँदा सो विवाह खर्च लिन मञ्जुर गर्ने नगर्ने कुरा वादीलाई रोजाउन नमिल्ने देखिएन । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 312 |
|---|---|
| मुद्दाको विषय | हाडनाता घटी बढी करणी |
| निर्णय वर्ष / मिति | 2022/10/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 312 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
