नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 313 · वि.सं. २०२३
नि.नं. 313 — लुम्बिनी नामको साप्ताहिक पत्रिकाको प्रतिबन्ध हटाइ पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तो छापिएको समाचार छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ५ (१) अन्तर्गत नपर्ने । सकारात्मक रूपमा छापी प्रकाश गरेको नभई, अबैध कार्यको शंका शिर्षक दिई प्रश्न सूचक चिन्ह दिई शंका गरिएकोसम्मलाई उपरोक्त ऐनको दफा ५(१) अन्तर्गतको अपराध गरे भएको भन्न नमिल्ने । निवेदकले छापी प्रकाश गरेको समाचार नेपाल अधिराज्य र कुनै मित्र राष्ट्रसँगको सम्बन्धमा वैमनस्य उत्पन्न गर्ने गराउने आशंकाको हो होइन भन्नेतर्फ विचार गरेमा वाएरलेश सेट राखी पाकिस्तानसँग यो यस्तो कुराको सम्बन्ध स्थापित गरी यो यस्तो काम गरी रहेको भन्ने समेत सकारात्मक रूपमा छापी प्रकाश गरेको नभई, अवैध कार्यको शंका भन्ने शिर्षकमा प्रश्न सूचक चिन्ह दिई शंका गरिएको भन्ने सम्म छापी प्रकाश गरेको देखिएको यस्तो कुरालाई नेपाल अधिराज्य र कुनै मित्र राष्ट्रसँगको सम्बन्धमा वैनमस्य उत्पन्न गर्ने गराउने आशंकाको समाचार भन्न नमिल्ने र विपक्षी पा.मा.गो.ले निवेदकलाई दिएको ०२२।८।२३।४ को आदेशमा नेपाल अधिराज्य र कुनै मित्र राष्ट्रसँगको सम्बन्धमा वैमनस्य उत्पन्न गर्ने गराउने आशंकाको समाचार छापेको भन्ने आरोप लगाउन सकेको देखिन समेत नआएको । मित्र राष्ट्रमा नराम्रो भावना पर्न जाने किसिमको समाचार छापी प्रकाश गरेको भन्ने आरोप लगाएको हकमा त्यस्तो आरोप छापाखाना र प्रकाशसम्बन्धी ऐन, ०१९ को दफा ५ (१) अन्तर्गत पर्ने नदेखिनाले । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 313 |
|---|---|
| मुद्दाको विषय | लुम्बिनी नामको साप्ताहिक पत्रिकाको प्रतिबन्ध हटाइ पाउँ |
| निर्णय वर्ष / मिति | 2023/01/21 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर क्षेत्री | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 313 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
