नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 317 · वि.सं. २०२३

नि.नं. 317 — परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) छापाखाना र प्रकाशन (दोश्रो संशोधन) नियमावली, २०२२ को नियम ५, छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा ७ को उद्देश्यलाई नै पूरा गर्न बनेको नियम, ऐनको उद्देश्य पुरा गर्न ऐनको दफा २ ले नियम बनाउने अधिकार प्रदान गरेकोमा ऐनको उद्देश्य पुरा गर्न बनाइएको नियमलाई ऐन संविधानसँग बाझिएको भन्न नमिल्ने, अवैध नहुने । ऐनको दफा ७ ले नै समाचारपत्र पत्रिकाको प्रकाशकले समाचरपत्र र पत्रिकाको प्रत्येक संस्करण तोकिएबमोजिमको आधार तथा पृष्ठ संख्यामा छापी तोकिए बमोजिको प्रति संख्यामा नघटाई निकाल्नु पर्नेछ भन्ने लेखिएको देखियो । सो दफा ७ को उद्देश्य पूर्तिका लागि नै सोही ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी नियम बनेको देखिन्छ । सो नियममा कम्तिमा यतिपृष्ठ संख्या प्रति अङ्क तथा यति प्रति प्रकाशित गर्नु पर्ने भनी बाध्य गरेकोलाई सो ऐनको दफा ७ को उद्देश्य पूर्ति हुँदैन भन्न नमिल्ने हुँदा छापाखाना र रजिष्ट्रेशनसम्बन्धी ऐन, २०१९ संविधान अनुकुलै देखिएकोले अवैध भन्न र सोही ऐन अन्तर्गत बनेको नियम पनि संविधान तथा ऐनसँग बाझिएको भन्न ठहराउन मिलेन । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.317
मुद्दाको विषयपरमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/01/23
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्