नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 307 · वि.सं. २०२२

नि.नं. 307 — अंश लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश दिन नपर्ने भन्ने कुराको सबुद प्रतिवादीले गुजार्न सक्नु पर्ने । सबुदको अभावमा अंश दिन नपर्ने भन्न नमिल्ने । बण्डापत्रमा जगतप्रकास जंग हर्षकुमारी २ जनाको मात्र छुट्याउने अरुको गोश्वरै राख्नु परी छुट्याई रहनु नपर्ने भन्ने प्रष्ट लेखिएको हुँदा त्यसबाट वादीको भाग छुट्टिएको र वादीले अंश पाएको भन्ने देखिंदैन । वादीले अंश पाईसकेको भन्ने अरु एका सबुद प्रमाण प्र.क्षेत्रजंगले दिन सकेको मिसिलबाट नदेखिएको हुनाले समेत वादीले अंश पाउने बाँकी नै देखिन्छ । (प्रकरण नं.२०) (२) वादीले अघि नै मानु छुट्टिएको भन्ने भएमा र प्रतिवादी समेतले फलाना सालमा मानु छुट्टिएको भन्ने भएमा अंश दाबीको अघिल्लो दिन देखि मात्र मानु छुट्टिएको भन्न नमिल्ने । अघिल्लो मितिनै कायम गर्नु पर्ने । वादीले पनि अघि देखिनै मानु छुट्टिएको भन्ने र अंश दिने बाबुले पनि अघिनै ०४।५ साल तिर छुट्याई दिएको भन्ने र त्यस्को अलावा साहुलाई ०१३ सालमा गरी दिएको पास भएको फार्छेमा यो छोरा वादी कल्याण जंगको घर भन्ने उल्लेख भएकोबाट पनि त्यो मिति भन्दा अगाडि नै छुट्टि बसेको देखिने भएकोले समेत जहाँसम्म यो बाबु र छोरको सम्बन्ध मानु छुट्टिएको मिति सम्बन्धी प्रश्न छ, त्यो बाबुले देखाएको खड्गनिसाना भएको मितिनै कायम गर्न मुनासिव देखिन्छ । त्यसो हुँदा तह तहका अदालतहरूबाट मानु छुट्टिएको मिति यो मुद्दा दायर भएको अघिल्लो दिन कायम गरी छिनेको मुनासिव देखिएन । (प्रकरण नं.२१) मानो छुट्टि बसेको व्यक्तिलाई सगोलमै रही फार्छे गरी दिएको भन्ने तथ्य कुन अवस्थामा खम्विर हुन नआउने । सगोलमै रही दिए लिएको भन्ने साहु बालकृष्णको भनाई तर्फलाई पनि ०१३ साल कार्तिक १६ गते पास भएको फार्छे पत्र हेर्दा दक्षिण साधमा जगत प्रकाश जंग कल्याण जंगको घर भन्ने लेखिएकोबाट सगोलमा रहेको भन्ने वादीलाई फेरी दक्षिण साधमा देखाइ कसरी लिखत भएको हो । सगोल भए त्यसो हुन नपर्ने । उसमा पनि साक्षी राख्दा ऋणिका एकघरका स्वास्नी गंगादेवी र छोरा मदन जंग भन्ने जनिई साक्षी रहे बसेको देखिएको साक्षीमा वादी रहे बसेको पनि नदेखिएको हुनाले मानु छुट्टि बसेको वादीलाई सगोलमै रही फार्छे गरी दिए लिएको भन्ने साहु बालकृष्णको भनाई आफ्नो लिखतबाट खम्बिर हुन नआएको हुनाले समेत हक लाग्ने घर वादीको मन्जुरी बेगर फार्छे गरी दिए लिएको देखियो । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.307
मुद्दाको विषयअंश लिखत बदर
निर्णय वर्ष / मिति2022/09/16
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 307
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्