नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 284 · वि.सं. २०२२
नि.नं. 284 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानूनले निर्दिष्ट गरे बाहेकको हेरी किनारा गर्न नमिल्ने । भूमी सम्बन्धी कमिटीलाई कस्तो मुद्दा हेर्न अधिकार नभएको ? मैले भोग गरी आएको जग्गा हटक खिचोला गरेको हुनाले सो जग्गा झिक्न नपाउने प्रबन्ध मिलाई जग्गा मलाई दिलाई मेरो नाउँमा दाखिल खारेज गरी पाउँ भन्ने उजुरी कानूनले निर्देश गरे बमोजिम अदालतबाट हेरी कारवाई किनारा गर्नुपर्ने हुन आई उल्लेखित उजुरी विपक्षी पाल्ही माझखण्ड गोश्वारा (भूमी सम्बन्धी कमिटी) का अधिकार भित्रको देखिएन । (प्रकरण नं.५) (२) अनाधिकार कारवाई गरी गरेको मिलापत्र बदर हुने । कारवाई अधिकारै नभएको बिषयको उजुरी सुनी कारवाई गरी मिलापत्र भएको । त्यस्तो मिलापत्र कानूनको दृष्टिमा मान्य हुँदैन । अतः विपक्षी पाल्ही माझखण्ड गोश्वारा (भूमी सम्बन्धी कमिटी) मा ०१९।८।१।६ मा भएको उल्लेखित मिलापत्र उत्प्रेषणको आदेश जारी गरी बदर गर्नु पर्ने ठहर्छ । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 284 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2022/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 284 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
