नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 277 · वि.सं. २०२२

नि.नं. 277 — लेनदेन जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लुटपिटको अवस्था–कस्तो अवस्थाको लाई लुटेको भनी भन्न नमिल्ने । यदि सो बमोजिम नबुझाएको भए मेरो यो मानिस जिम्मा यस किसिमसँग राख्ने बन्दोबस्त गरी राखेको थिएँ भनी वादीले उल्लेख गर्न र त्यसको सबुद प्रमाण दिई गुजार्न समेत सक्नु पर्ने नसकेको र निज वादीले भोजप्रसादलाई वारिस दिंदा १५ दिन भित्रै आउने भन्ने लेखेको । सो बमोजिम मौजामा आउनु त परै रहोस् खेती र मालपोत असूल तहसिलको यामसम्म पनि मौजामा नआई बनारसबाट काठमाडौं आएको भन्ने फिरादपत्रमै लेखिएको । ठेक्का तोडेमा उजुर गरेको भन्ने पनि नदेखिएको । मालपोत तहसिल र खेतीको काममा यो व्यवस्था गरेको भन्ने पनि कतै उल्लेख गर्न नसकेको समेत हुनाले टाइममा वादी आफ्नो कबुलियत बमोजिम मौजाको काम सम्हाल्न नगए छोडेकोबाट प्रतिवादीहरू मजबुर भई मौजाको काम सम्हालेको देखिएकोले माथि उल्लेख भए बमोजिम बुझाईसकेको धान र कामतमा रहेको मालहरू चलन चल्ती गरेकोमा लुटेको भन्न मिलेन । (प्रकरण नं.१७) (२) लुटपिटको १।३ नं. ले कस्तो अवस्थालाई जनाउने–हातहाली जबरजस्ती गरी लिएको नदेखिए लुटपिटको १।३ नं.प्रयोग गर्नै नमिल्ने । आफ्नो सम्पती भए पनि अर्काको जिम्मा दिएपछि निजको मञ्जुरी बेगर लुटपिटको १।३ नं. ले हात हाली लिन नपाउने भन्ने डिभिजन बेञ्चको तर्कको हकमा तत्काल प्रचलित लुटपिटको १ नं. मा अर्काका हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हात हाली जबरजस्तीसँग खोसी लुटपिट समेत गरी लैजान वा कुनै किसिमसँग नोक्सान गराई दिन समेत हुँदैन भन्ने र ऐन ३ नं. मा आफ्नै हक पुग्ने धनमाल भए पनि अर्काको जिम्मा रहे भएकोमा सो जिम्मा लिने मानिसको मञ्जुरी लिई वा नालिस उजुर दिई आफ्नो हक गराए पछि मात्र लैजानु पर्छ भन्ने समेत उल्लेख भएको यस मुद्दामा सो बमोजिम हात हाली जबरजस्ती गरी लिएको नदेखिइ उपरोक्त लेखिए बमोजिम बुझी लिएको देखिएकोले उक्त ऐनहरूको प्रयोग गर्न मिल्ने देखिएन । तसर्थ, लुटपिट गरेको नठहराएको ०९।१२।५।३ को शुरु विराटनगर अमिनी (हालको मोरङ्ग जिल्ला अदालत) को मनासिव छ । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.277
मुद्दाको विषयलेनदेन जालसाजी
निर्णय वर्ष / मिति2021/12/24
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 277
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्