नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 296 · वि.सं. २०२२

नि.नं. 296 — हरजना दिलाइ पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) – मुद्दा चलाउने हदम्याद सम्बन्धी मुद्दा गर्नु पर्ने कारण कुन बेला, अवस्था देखि हुने ? मुद्दा गर्नु पर्ने कारण भएको ८ महिनाभित्र उजुर नालिस गर्नु पर्ने । म्याद बिषयको नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) हेर्दा मुद्दा चलाउन पर्ने कारण भएको मितिले ८ महिना भित्र नालिस उजुर नगरे कुनै अदालतमा यस्तो मुद्दा चल्न सक्तैन भन्ने उल्लेख भएको । वादीको हातबाट १४।६।१० मा नै ट्याक्टर फिर्ता लिने कारवाई गर्नु पर्ने भएको । निज भिमार्जुनले मर्मत गर्दा लागेको भनेको खर्च नदिएसम्म फिर्ता नदिने भनी नदिएका र त्यसपछि वादीले ट्याक्टर फिर्ता लिने कारवाई कोशिस गर्दा गर्दै पनि धेरै दिन पछि मात्र ट्याक्टर हात परेको र सो ट्याक्टर हात पर्नु भन्दा अगावै ट्याक्टरको पाट पूर्जा भए नभएको कुरा यकिन हुन नसक्ने हुँदा ट्याक्टरको पाट पर्जामा समेत उजुर गर्न क्षतीपूर्तिको अंक यकिन हुन सक्ने । यो ट्याक्टर हात पर्नु भन्दा अगावै क्षतीपूर्तिमा मुद्दा गर्नु पर्ने अवस्था पनि नपर्ने हुनाले ट्याक्टर हात परेपछि नै मुद्दा गर्नु पर्ने कारण परेको हुनाले आफ्नो हात परे पछिमात्र नागरिक अधिकार ऐनको दफा २० को निमित्त मिति कायम गरी नालिस गरेको नमिलेको भन्न मिलेन । (प्रकरण नं.१३) (२) तेरो मेरो भनी झगडा उठेको बस्तु अदालतले कसैको जिम्मा लगाउनु अदालतको कर्तव्य । कारवाई चलेको अवधिको हर्जाना दिलाउन नमिल्ने । अदालतमा बस्तु माल ल्याउँदा नजाँची त्यसै अरुको जिम्मा दिएको भएपछि सो माल बस्तुमा यो पार्ट माल छैन भनी जिकिर दावी गर्न नमिल्ने । वादीले नै पुलिस मार्फत ठगी मुद्दा चलाएको कारणबाट कारवाईको सिलसिलामा ट्याक्टर अदालतमा दाखिला हुन गएको अड्डा दाखिला भए पछि मुद्दाको तेरो मेरोको किनारा नलागुन्जेल झगडा पर्न अएको बस्तु कसैको जिम्मा लगाई राख्नु पर्ने अदालतको कर्तव्य नै हुन आई सो अनुसार सुरेसराजलाई साबुत ट्याक्टर जिम्मा लगाएको र पछि वादीको बिन्तिपत्रमा भएका हुकुम प्रमांगी बमोजिम ट्याक्टर अदालतबाटै फिर्ता बुझी वादीको भाईलाई जिम्मा लगाएको र वादी तर्फबाट बुझी लिएको देखिन आएकोले वादविवाद उठी ट्याक्टर फिर्ता दिने बिषयको सिलसिलामा कारवाई चलाएको । सो अवधिको हर्जाना प्रतिवादीहरूले व्यहोर्न पर्छ भन्न कानूनसँगत नदेखिएको र ट्याक्टर अमिनीमा नाखिल हुँदा खोलखाल गरी पार्ट पूर्जा जाँच भएको नभई चल्ने ट्याक्टरसम्म सुरेसराजलाई जिम्मा लगाएको पछि नृपविक्रमलाई बुझाउँदा भएको मुचुल्कामा क्याटलक बमोजिमको पुर्जा भिडाउँदासम्म नपुगेको पाट पूर्जाको फाँटवारी लेखेको भएपछि चल्ने ट्याक्टर सावुतै नृपविक्रमले बुझेको हुनाले नपुग पार्ट पुर्जाहरू कुन बखतमा नभएको भन्ने कुरा कहिंबाट नखुलेको । पहिले अदालतमा दाखिल हुँदाका बखत जँचाएको भए मात्र ती कुराहरू यकिन हुने थियो । जाँच हुन नसकेकोले बेसाबुद भनी वादीले दावी गरेको मिलेको देखिएन । (प्रकरण नं.१४) (३) आफ्नो लेनामा ऐन कानून बमोजिम दावा गर्नु पर्ने लेना बाँकीमा कसैको माल बस्तु राख्न नपाइने । त्यस्तो राखेमा हुने हर्जाना दिनु तिर्नु पर्ने । झगडा परेको ट्याक्टर आफ्नु लेना देखाई बिग्रेको र बनाएको खर्च समेत लगाएको कुरालाई लिई टेक्टर आफ्नु कब्जामा राखेमा भिर्माजुन सावितै देखिएको । मालधनी सो कुरामा मन्जुर नभए पछि आफ्नु लेना भए कानून बमोजिम रीत पुर्‍याई मात्र लिन पाउनेमा सो नगरी अर्काको माल अन्यायीले आफु जिम्मा लिए राखेको देखिन आएकोले उक्त टेक्टरको प्रयोगबाट वादी बन्चित रहेकाले भिमार्जुनको जिम्मा रहेको अवधीको हुन आउने हानी नोक्सानी लिने व्यक्तिले व्यहोर्न नपर्ने भन्न मिल्न नआउने । (प्रकरण नं.१५) (४) अदालती बन्दोबस्तको १०६ नं.– मुख्य व्यक्तिले दावी गरे हुने । घरको मुख्य व्यक्तिले सगोलमा रहेको व्यक्ति समेतको हकमा दावी गर्न सक्ने । टेक्टर खरिद गर्दा नृपविक्रमका नाउँबाट खरिद भएको र उजुर भने दाजु जनार्दनविक्रमको मात्र हुँदा जिल्ला अदालतले एक भाईको एक भागको मात्र बिगो कायम गरेको देखिएकोमा जनार्दनविक्रमले गरेको शुरु वादीमा नै नृपविक्रम एकाघरको भाई भनी लेखेको । त्यस कुरामा कसैको बाद विवाद नउठेको हुनाले आफू समेतको हकदैया लाग्ने कुरामा घरको मुख्यले उजुर गरे पछि त्यस चिजमा हक भएको सबै अंशियारले दावी उजुर गर्नु पर्छ भन्ने कानूनमा उल्लेख नभई एकाघरको मुख्य व्यक्तिले अ.बं.१०६ नं.बमोजिम दावी उजुर गर्न पाउने र मिल्ने समेत हुँदा एकाघरको व्यक्तिको वारेसनामा लिई वा दुवै अंशीले उजुर गर्नु पर्ने भनी तर्क गर्न नमिल्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.296
मुद्दाको विषयहरजना दिलाइ पाउँ
निर्णय वर्ष / मिति2022/05/01
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 296
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्