नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 294 · वि.सं. २०२२

नि.नं. 294 — निषेधज्ञा जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपालको संविधान भाग ३ को धारा ११ को उपधारा ४ र नागरिक अधिकार ऐन, २०१२ को दफा ११ को उपदाप २ – एकै अपराधमा एक पटक भन्दा बढी पटक मुद्दा चलाउन र दण्ड सजाय गर्न नमिल्ने । नेपाल राष्ट्र बैंकले निवेदक अपीलाट श्रीधर तिमिल्सीना उपर ६ दफाको आरोप लगाई निजलाई नोकरीबाट बरखास्त गर्ने गरी नेपाल राष्ट्र बैंकका संचालक समितिबाट भएको निर्णय उपर श्रीधर तिमिल्सीनाको सर्वोच्च अदालतमा रीटको निवेदन परी सो अदालतबाट ०२०।२।१५।४ मा उक्त निर्णय गैरकानूनी ठहरी बदर भएको देखिएको र सोही ६ दफाको आरोप मध्ये छैठौं दफाको भ्रष्टाचार तर्फको केश बाँकी नै छ भनी ने.रा.बैंकका गर्भनरले पुनः श्रीधर तिमिल्सीना उपर कारवाई चलाउन पाउने हो कि भन्नालाई उक्त सम्पूर्ण कारवाई १ पटक अन्तिम तहबाट टुंगो लागि निर्णय भईसकेको कलममा नेपालको संविधान भाग ३ को धारा ११ को उपधारा ४ तथा नागरिक अधिकार ऐन, २०१२ को दफा ११ को उपदफा २ मा कुनै व्यक्ति उपर एकै अपराधमा एक पटक भन्दा बढता मुद्दा चलाइने र दण्ड सजाय गरिने छैन भन्ने उल्लेख भएकोले का.जि.अ.दोश्रो फाँटले निषेधाज्ञा जारी गरेको मनासिवै छ । (प्रकरण नं.१) (२) अप्रायोजनिक कुराको आदेश ठहर गैरकानूनी ठहर्ने, अमान्य हुने । निषेधाज्ञा जारी गरी पाउँ भन्ने निवेदकको माग भएको र सो आदेश जारी हुनु नपर्ने भन्ने विपक्षी नेपाल राष्ट्र बैंकको जिकिर भएकोमा निषेधाज्ञा जारी गर्नु पर्ने नपर्नेसम्मको निर्णय गर्नु पर्ने कुरामा अप्रयोजनिक भ्रष्टाचार तर्फ कारवाई चलाउन पर्ने अवस्थाको रहेछ भने भ्रष्टाचार निवारण ऐन, २०१३ को दफा १६ बमोजिम गर्नु पर्ने भन्ने बढी कुरा लेखेको ठर्हछ ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.294
मुद्दाको विषयनिषेधज्ञा जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2022/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 294
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्