नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 272 · वि.सं. २०२२
नि.नं. 272 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जमानीले अपील गर्न पाउने कुनै कानूनमा व्यवस्था भएको नहुँदा उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने । श्रेस्तातर्फको अपील हेर्नलाई देहायका कुरामा देहाय बमोजिम र अरु कुरामा भैरहेका ऐन सवाल बमोजिम गर्नु भन्ने उल्लेख भएकोबाट यो निवेदक कमलबहादुर सरकारको काम गर्ने रकमी हाकिम कारिन्दा ठेकदार समेत नभई स्वेच्छाले ठेकदारको जमानीसम्म भएकोले अपील गर्न पाउने । उक्त १ दफाले निजको कानून प्रदत्त अधिकार भन्न नमिल्ने र नेपाल संविधानको धारा ७१ मा यो संविधानको भाग ३ द्वारा प्रदत्त हकको प्रचलनका लागि वा अन्य उपचारको व्यवस्था नगरिएको भए तत्काल प्रचलित अन्य कानूनद्वार प्रदत्त हकको प्रचलनका लागि बन्दी प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, अधिकारपृच्छा, उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने लेखिएको र जमानीले अपील गर्न पाउने भन्ने समेत ०२०।११।१८।१ मा सर्बोच्च अदालत डिभिजन बेञ्चले गरेको आदेश मिल्ने देखिएन । कमलबहादुरको माथि लेखिए बमोजिम कानूनद्वारा प्रदत्त हकको प्रचलनमा हनन् भएको देखिन ठहर्न नआएकोले निजको रीटको निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 272 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2021/12/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मिनबहादुर थापा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 272 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
