नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 295 · वि.सं. २०२२
नि.नं. 295 — बन्दी प्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (ज) – इमान्दारी साथ प्रयोग गरिएको अधिकार असल नियतले प्रयोग गरेको मानिने । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (ज) हेर्दा लापरबाही साथ गरेको वा नगरेको जे भए तापनि वास्तवमा इमान्दारी साथ गरिएको कामलाई असल नियतले गरेको मानिने छ भनी असल नियतको परिभाषा भएको र नेपालको संविधानको धारा ९१ (२) मा बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस संविधानमा व्यक्त भएका कुराहरूको अधिनमा रही नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० नेपाल कानूनको व्याख्यामा लागू भए सरह यस संविधानको व्याख्यामा पनि लागू हुनेछ भन्ने उल्लेख भएको देखियो । यस्तो अवस्थामा बिषय वा प्रसंगले अर्को कुरा नदेखिएसम्म कुनै कर्मचारीले यदि इमान्दारी साथ कुनै ऐनले दिएको अधिकार प्रयोग गर्छ भने त्यसलाई असल नियतले नै प्रयोग गरेको भन्नु पर्ने हुन आउँछ । (प्रकरण नं.३५) (२) इमान्दारी साथ गरे अधिकार प्रयोग गरेको होइन भन्ने कुराको प्रमाण निवेदक तर्फबाटै गुजार्न पर्ने । सरकारी ओहदाका हैसियतले प्रतिवादी हुन आएका का.मे.बलराम प्याकुरेलले गजेन्द्रबहादुरलाई नजरबन्द राख्ने आदेश जारी गरेकोलाई इमान्दारी साथ नगरेको भनी ठहराउन उक्त एक मुद्दाको अतिरिक्त अरु ठोस सबूद प्रमाणको आवश्यकता देखिन्छ । यस्ता प्रमाणहरू निवेदकले नै गुजार्न सक्नु पर्छ । निवेदकले दिएको एक मुद्दाको प्रमाणको आधारबाट मात्र का.मे.बलराम प्याकुरेलले असल नियत छाडी निवेदकलाई थुनामा राखेको भनी भन्न मिल्न आएन । तसर्थ, मा.न्या.इश्वरीराजज्यूले रीटको निवेदनपत्र खारेज गर्ने गरेको राय मुनासिव छ । (प्रकरण नं.३७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 295 |
|---|---|
| मुद्दाको विषय | बन्दी प्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2022/05/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 295 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
