नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 285 · वि.सं. २०२२

नि.नं. 285 — हकसफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साबिकको मुलुकी ऐनको साहु असामीको १३ नं. निखनाई पाउँ भन्ने उजुर गर्दा थैली थाहा भए साथै र थैलिको एकिन नभए प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने । थैली एकिन नभई फिराद गरी प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट नराखि निखनाई पाउँ भन्ने दावी लाग्न नसक्ने । सो थैली धरौट राख्ने बिषयमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साहु असामीको १३ नं. मा निखनाई पाउँ भनी नालिस उजुर गर्न आउँदा थैली थाहा भएकोमा नालिस साथ र थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नु पर्छ भन्ने र सो म्याद भित्र थैली धरौट राख्न ल्याएन भने असामीले नै बन्धकी र दृष्टि निखनी लिने बाहेक अरु निखनी लिने कुरामा निखनी लिन पाउँदैन भन्ने समेत उक्त ऐनमा व्यवस्था भएको पाइन्छ । (प्रकरण नं.१८) (२) वादी रत्नबहादुरले पहिले नालिस गर्दा थैली यकिन नभएको भनी नालिस साथ थैली धरौट नराखेको । यस्तो अवस्थामा उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेपछि थैली थाहा पाउने प्रयास गरी थाहा पाइ मुख मिलेमा सो प्रतिउत्तर परेका ३५ दिनभित्र थैली धरौट राख्नुपर्नै कर्तव्य वादीको नै हुन आउने हुँदा साहु नरबहादुरको ०४।८।२८ मा प्रतिउत्तर परेपछि पनि प्रस्तुत मुद्दामा थैली तर्फ घटी बढी भन्ने वादीको दावी जिकिर नभएकोले उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेका ३५ दिनभित्र थैली धरौट राख्न सक्नु पर्नेमा, ऐनको म्याद भित्र थैली धरौट दाखिल नगरेको भनी आफूप्रति दोष लगाई पू.२ नं.दोलखा अदालतबाट ०१५।१।१०।३ मा हराई फैसला भईसकेपछि सो उपर १५।२।६मा अपील गर्दासम्म पनि वादीले थैली धरौट राख्ने तर्फ उत्सुकता देखाई अपील साथ समेत थैली धरौट राख्न सकेको देखिएन । (प्रकरण नं.१९) लिखत बमोजिमको रु.३९९० लिई ३५ दिनभित्र हाजीर हुन आउनु भनी अपीलाटको वारेसलाई सुनाई म्यादभित्र थैली धरौट दाखिल गरेमा ऐन सवाल बमोजिम गर्न प्रतिवादी पर्नासाथ थैली दाखिल गर्न ल्याउनु भनी सुनाउनु पर्ने नसुनाएमा शुरु दोलखा अदालतका डि. जहान सिंहलाई रु.१ । जरिवाना गर्ने भन्ने समेत अपील दोश्राबाट ०१५।७।१९।३ मा पर्चा गरी सुनाई ०१५।८।२३ मा मात्र सो थैली धरौट राखेर खाएको देखिएको र माथि उल्लेख भए बमोजिम आखिर शुरु अड्डाको फैसला भएपछि थाहा पाए पनि स्वतः थैली धरौट नराखेको अवस्थामा त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउने समेत ऐनमा व्यवस्था भएको नदेखिएकोले धरौट राख्नु पर्ने ऐनको म्याद खिलाप भई निखन्न नपाउने गरी शुरु तहबाट फैसला समेत भईसकेपछि बीचमा अपील दोश्राले पर्चा गरी सुनाई धरौट रखाएको समेत उक्त कारवाई कानूनको अनुरुप नहुँदा त्यस किसिमपछि धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन । (प्रकरण नं.२०) (३) तसर्थ, साहु असामीको १३ नं. ले निर्धारित गरेको म्याद भित्र वादीले थैली धरौट राख्न नसकेको र सो मयाद भित्र थैली धरौट राख्न नल्याएकोमा निखनी लिन पाउँदैन भन्ने उक्त साहु असामीको १३ नं. मा प्रष्ट उल्लेख हुनाले प्रस्तुत मुद्दामा अरु कुरा बिचार गरी रहनु नपरी उपरोक्त कारणबाट निखनाई पाउँ भन्ने वादीको उजुर खारेज हुने ठहर्छ । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.285
मुद्दाको विषयहकसफा
निर्णय वर्ष / मिति2022/01/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 285
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्