नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 280 · वि.सं. २०२२
नि.नं. 280 — दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रेशन पास भएको छोडपत्र लिखतका नाताले घर दर्ता गराएको भए म्याद भित्र उक्त छोडपत्र बदर गरी पाउँ भन्ने उजुर नगरी दर्ता बदर गरी पाउँ भनी गरेको उजुरीमा दावी नलाग्ने। मागेलाल समेतबाट आफ्नो अंश वापत जानकी दाशले रु.७०००। नगदी लिई चल अचलको ०७।१२।१०।१ मा घरसारमा र ०७।६।९।३ मा का.पो.रजिष्ट्रेशन मार्फत पास गरी छोडपत्र गरी दिएको । सोही छोडपत्रको नाताले मागेलालले दर्ता गराएको देखिएको र आफ्नो दृष्टिमा असर पर्ने भई मागेलालको दर्ता बदर गराउन परेको भए मागेलालले सो घर दर्ता गराउन पाउने हक पुगेको लिखत उक्त छोडपत्रलाई नै बदर गरी पाउँ भनी म्याद भित्र ऐन बमोजिमको उजुर गरी सो छोडपत्र बदर गराउन सक्नु पर्ने । सो छोडपत्र उपर उजुर गरी बदर गराउन वादीले सकेको नदेखिएकोले सो छोडपत्र कायमै रहेको भएपछि त्यसका नाताबाट भएको दर्ता बदर गरी पाउँ भन्नेसम्मको वादीको दावी लाग्न सक्ने देखिएन । (प्रकरण नं.९) (२) दृष्टि लेखिएको अघिल्लो लिखत रजिष्ट्रेशन पास गर्ने म्याद नाघि पछि अर्को लिखत गराएकोमा, अघिल्लो लिखतले दृष्टि कायम गर्न नमिल्ने । पछिल्लो लिखतलेसम्म दृष्टि कायम हुने । एउटालाई छोडपत्र गरी दिएको घर पछि अर्कोलाई दृष्टि लिखत गरीदिन नपाउने । पछिल्लो तमसुक खडा भएपछि रजिष्ट्रेशन पास गर्ने ऐनको हदम्याद ६ महिना नाघेको, अघिल्लो तमसुकले दृष्टि लेखिएको घर जग्गामा सो हैसियतले दावा पुग्न नसक्ने हुँदा ०७।६।३० देखि दृष्टि कायम सम्झन नमिल्ने भई वादीले दृष्टि लेखाई लिएका पछिल्लो ०८।२६।६ का तमसुकलेसम्म दृष्टि कायम गर्ने थियो । तर सो भन्दा अगावै मागेलाललाई छोडपत्र गरी दिइसकेको घर जानकी दासले धितो राखी दृष्टिबन्धकीको लिखत गरी दिन नपाउने र गरिदिए पनि सदर नभई अघिल्लो मितिमा पास भएको छोडपत्र बमोजिम गरेको दर्ता कायम रहने हुनाले दर्ता बदर गरी पाउँ भन्ने वादीको दावा नपुग्ने देखिन्छ । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 280 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2021/12/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 280 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
