नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 276 · वि.सं. २०२२

नि.नं. 276 — लेनदेन जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्जा लेनदेन बाहेक व्यापारतर्फ नालिस दिने हदम्याद कायम गर्दा साहु असामीको ३८ नम्बर लागु हुने । वादीले प्रतिवादी संगै सम्पर्क राखी कारोबार गरेको देखिनाले कम्पनिले बैना पच गर्न पाउने नपाउने व्यापारको रीतिस्थिति के हो भन्नेतर्फ बिचार गरिरहनु नपर्ने र वादीले प्रतिवादीसँग सम्पर्क राखी के कस्तो कारोबार गरेको रहेछ भन्ने कुराको हकमा कर्जा लेनदेन नभई व्यापारको कारोबार भए गरेको देखिएकोले साहु असामीको ३८ नं.बमोजिम म्याद २ बर्षभित्रको उजुर हुनु पर्नेमा ०३।११।९ मा भा.रु.२००० बैना लिनु दिनु भई भरपाई भएको रुपैंया दिलाई पाउँ भन्ने कुरामा ०१३।४।१७ मा मात्र नालिस दर्ता गरेको देखिएकोले उक्त साहु असामीको ३८ नं. को म्याद २ बर्ष नाघी सकेपछिको हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.276
मुद्दाको विषयलेनदेन जालसाजी
निर्णय वर्ष / मिति2021/12/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 276
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्