सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५ / ४४०

नि.नं. 10700वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को व्यवस्थामा कसुरको गम्भीरता घटाउने अवस्थाहरू देखिन्छ । कुनै पनि कसुरमा कसुरदार देखिँदादेखिँदै पनि उक्त व्यवस्थामा उल्लेख भएका अवस्था तथा परिस्थितिहरू विद्यमान भएमा न्यायकर्ताले आफ्नो स्वविवेकको अधिकार प्रयोग गरी सजाय निर्ध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10699वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कसुरदार एउटै वारदातमा संलग्न रहेको तर निजलाई भिन्‍नभिन्‍न कानून लाग्ने अवस्था देखिएकोले सो कसुर एउटै कसुर मान्‍नुपर्ने । यस्तो वारदातमा सबै सजाय एकैसाथ भुक्तान गरिने हुन्छ । तर यसरी सजाय गर्दा पनि कसुरदारका कसुरजन्य कार्यको समग्रता (Total Criminality) लाई भने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10698वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

सहकारी संस्थामा कर्जा लिई सवारी सञ्चालनसम्म गरेको अवस्थामा हायर पर्चेज करारको प्रकृतिबाट समेत सवारी धनी सहकारी संस्था नै रहने र स्वामित्व हस्तान्तरण नभएसम्म सवारी सञ्चालन गर्न पाउने ऋणीको हैसियतसम्म रहने । सवारी सञ्चालनको अधिकार पाएको आधारमा सवारी सञ्चालनको क्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10697वि.सं. २०७८संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

वस्तुत: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ को कार्यान्वयनको प्रसङ्गमा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था भनेको पीडितको हकमा बनेको कानूनी व्यवस्था हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको अवस्थामा नभराइदिने हो भने पीड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10696वि.सं. २०७८संयुक्त इजलास

सवारी ज्यान

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्थामा मानिस मार्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्‍ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागि सामान्यतया तीन अवस्था ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10695वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

प्रमाणको मूल्याङ्कनसम्बन्धी विषय वा तजबिजी अधिकारको प्रयोग गर्दा विविध मानवीय दृष्टिकोणमा रहने स्वाभाविक विविधताको कारणबाट देखा पर्ने अन्तर-भिन्नता जस्ता कुरालार्इ हेरेर मातहतका अदालतले साधारण अधिकार क्षेत्रअन्तर्गत मुद्दाको नियमित प्रक्रियाका सन्दर्भमा गरेका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10694वि.सं. २०७८संयुक्त इजलास

रकम हिनामिना / हानि नोक्सानी गरी भ्रष्टाचार गरेको

काम सम्पन्न भएको र कामदारहरूले आफ्नो श्रमबापतको रकम बुझेर लगिसकेपछि भरपाई राख्‍ने बनाउनेसम्मको त्रुटिलाई भ्रष्टाचारको संज्ञा दिन मिल्ने नदेखिने । बिल भरपाई दुरूस्त नरहेको भन्ने विषय लेखा परीक्षणको सिलसिलामा वा विद्यालय व्यवस्थापन समितिले आय व्ययको विवरण समर्थन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10693वि.सं. २०७८पूर्ण इजलास

जबरजस्ती करणी

समूहद्वारा गरिएको कार्यलाई सङ्गठित भई गरिएको होइन भन्‍ने आधारबाट मात्र हेरी व्याख्या गर्न मिल्ने नदेखिने । (प्रकरण नं.६) कुनै एक जना प्रतिवादीले गरेको जबरजस्ती करणीको कसुर र दुईजना प्रतिवादीहरूबाट सोही ठाउँमा सोही समयमा पालैपालो गरिएको जबरजस्ती करणीको कसुरबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10692वि.सं. २०७८पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै अपराध गरेबापत २० (बिस) वर्ष कैदको सजाय भई सजाय ठेकिएको कैदी कैदबाट भागेपछि कारागार ऐन, २०१९ को दफा २४ को उद्देश्यअनुरूप कारागारबाट भागे भगाएको कसुरबापत तोकिएबमोजिमको सजाय पाउनु नै पर्दछ भन्‍ने कारागार ऐनको मूल उद्देश्य भएकोले सोको विपरीत कानूनको व्याख्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10691वि.सं. २०७८संयुक्त इजलास

वैदेशिक रोजगार कसुर

वैदेशिक रोजगारीमा जानका लागि रकम भुक्तानी गरेको वा उपलब्ध गराएको हो भनी पीडितले जाहेरी दरखास्तमा किटानी रूपमा उल्लेख नगरेको स्थितिमा प्रतिवादीलाई उपलब्ध गराएको रकम अन्य काम बेहोरा वा ऋण सापटको लागिसमेत उपलब्ध गराएको हुनसक्ने अवस्थालाई पूरै इन्कार गर्न नसकिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10690वि.सं. २०७८संयुक्त इजलास

वैदेशिक रोजगार कसुर

वैदेशिक रोजगार ठगी जस्तो मुद्दामा, लिखत, भौचर र अन्य कागजातहरू जस्ता भौतिक एवं स्वतन्त्र प्रमाण र सोका परीक्षणले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा केवल सहप्रतिवादीले पोल गरेकै आधारमा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10689वि.सं. २०७८संयुक्त इजलास

मिलापत्र बदर

अंशको हक सगोलका अंशियार भएका नाताले स्वत: प्राप्त गर्ने हक हुँदा अंश जस्तो नैसर्गिक कानूनी हकलाई कुनै प्रक्रियाबाट निष्क्रिय वा सङ्कुचित पार्ने गरी भएका कुनै लिखतले कानूनी मान्यता प्राप्‍त गर्न नसक्ने । परिवारको एक सदस्यको अंश मार्ने उद्देश्यले आफ्नो पतिबाट पा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10688वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

बन्दीप्रत्यक्षीकरणको आदेशबाट न्यायिक उपचार प्रदान गर्ने कुराको सीमा, परिधि र प्रयोजनतर्फ विवेकपूर्ण रूपमा दृष्टि दिनु आवश्यक हुन्छ । यो आदेश न अदालतको साधारण क्षेत्राधिकारको विकल्प हो, न त यसलार्इ पुनरावेदकीय तहको रूपमा हेर्न र प्रयोग गर्न हुन्छ । यसको छुट्टै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10687वि.सं. २०७८संयुक्त इजलास

बैंकिङ कसुर

अभियोगपत्रमा सजायको माग दाबी गर्दा सम्बद्ध कानूनको दफा उपदफा खण्ड सबै खुलाई स्पष्ट दाबी लिनुपर्ने । (प्रकरण नं.४) सर्वसाधारणको निक्षेप स्वीकार गरी बैंकिङ व्यवसाय गर्ने बैंकले आफूसमक्ष सङ्कलित हुन आएको रकमको हिसाब किताब दुरूस्त छ वा छैन, आफूले जिम्मा लिएको रकम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10686वि.सं. २०७८संयुक्त इजलास

लागु औषध (ब्राउन सुगर)

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “साथमा” भन्ने बेहोरा उल्लेख भएकोबाट अभियुक्तको शरीर, निजले बोकेको वा निजको स्वामित्वको मालवस्तु र अन्य कुनै तेस्रो व्यक्तिको उपस्थिति नरहेको सवारी साधन, वाहन आदिमा फेला परेको हुनुपर्ने । (प्रकरण नं.६) मानिसहरूको नियमि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10685वि.सं. २०७८संयुक्त इजलास

अंश

रीतपूर्वक लिखत गरी रजिस्ट्रेसन पास गरिदिएको हुनुपर्ने अनिवार्यता कानूनले निर्धारण गरेको अवस्थामा मौखिक रूपमा “मेरो भोगको सम्पत्ति तिमीले मलाई खुशी पारेबापत दिएँ” भनी भनेको आधारमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ भनी अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10684वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सरकारवादी भई कैदको सजाय हुन सक्ने फौजदारी अभियोगमा मुद्दा चलेको र निजहरू न्यायिक प्रक्रियामा नै रहेको अवस्थाका व्यक्तिलाई अन्यथा पर्याप्त र मनासिब कारण नदेखिएसम्म निजले रोजेको निजी घर, अस्पताल वा यस्तै अन्य ठाउँमा बस्ने गरी रोज्ने वा छनौट गर्न पाउने छुट नहुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10683वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

एक वर्षसम्म कैद हुने ठहर भएका जुनसुकै मुद्दाका कसुरदारका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को प्रावधान आकर्षित हुने पनि होइन । यस प्रकारको सुविधा प्रदान गर्नुअगाडि निर्णयकर्ताले कसुरको प्रकृति, गम्भीरता, कसुरदारको उमेर, कसुर गरेको तरिका, आच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10682वि.सं. २०७८संयुक्त इजलास

जबरजस्ती करणी र गर्भपतन

महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10681वि.सं. २०७८संयुक्त इजलास

जबरजस्ती करणी

अपाङ्गता भन्ने विषय व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक रूपमा पहिलेदेखि नै स्थापित भइरहेको अवस्था हुँदा जहिले पनि पुष्टि हुने । त्यस्तो अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिनु र नलिनुले अपाङ्गता भएको यथार्थलाई नकार्न नसक्ने । प्रमाणपत्रले उक्त यथार्थलाई औपचारिकता प्रद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10680वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

प्रचलित कानूनबमोजिम मुद्दा हेर्ने अधिकारीबाट कसुर अनुसन्धानको लागि हिरासतमा राख्ने म्याद थप गरी साधिकार निकायबाट मुद्दाको अनुसन्धान तहकिकात भइरहेको हुँदा प्रचलित कानूनले अनुसन्धान अधिकारीलाई कसुर अनुसन्धान गर्न तोकेको कर्तव्यमा बाधा पुग्ने गरी तथा मुद्दा हेर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10679वि.सं. २०७८संयुक्त इजलास

वैदेशिक रोजगार कसुर

सहप्रतिवादीको बयान पोलका आधारमा मात्र कोही कसैलाई कसुर गरेको ठहर गर्न प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्‍ने नहुने । वारदातको अवस्था र स्थिति तथा त्यस्तो बयानलाई अन्य स्वतन्त्र कागज प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10678वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

जेथाजमानी दिने जमानीकर्ताको दायित्व पालना गराउने सन्दर्भमा जमानतको दायित्व पूरा गर्ने जानकारीको सूचनासहितको उचित मौका जमानीकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ । सोअनुरूप धरौटीबापत जमानत दिएको सम्पत्ति जफत गर्नुपूर्व जमानतबापतको रकम दाखिला गर्ने सूचनासहितको जानकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10677वि.सं. २०७८संयुक्त इजलास

प्रतिषेध

प्रतिषेधको रिट कुनै क्षेत्राधिकारविहीन कारबाही कुनै न्यायिक, अर्धन्यायिक वा प्रशासनिक निकायमा चलिरहेको अवस्थामा त्यस्तो निकायको निर्णय हुनुभन्दा पहिले नै त्यस्तो प्रक्रिया रोकिपाउँ भनी दिने निवेदन हो । उक्त रिट निवेदनको उद्देश्य सम्बन्धित अधिकारीलाई आफ्नो क्षे…

नजिर सार पढ्नुहोस् →