नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10698 · वि.सं. २०७८
नि.नं. 10698 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सहकारी संस्थामा कर्जा लिई सवारी सञ्चालनसम्म गरेको अवस्थामा हायर पर्चेज करारको प्रकृतिबाट समेत सवारी धनी सहकारी संस्था नै रहने र स्वामित्व हस्तान्तरण नभएसम्म सवारी सञ्चालन गर्न पाउने ऋणीको हैसियतसम्म रहने । सवारी सञ्चालनको अधिकार पाएको आधारमा सवारी सञ्चालनको क्रममा घटेको वारदातमा फौजदारी दायित्वसम्म वहन गराउन सकिने । सो सम्पत्तिको स्वामित्व पूर्णरूपमा प्राप्त गरी नसकेको अवस्थामा अरूको स्वामित्वसम्बन्धी अधिकार हनन हुने गरी व्यवहार गर्न कानूनत: मिल्ने नदेखिने । एक व्यक्तिलाई लागेको सजाय असुलउपर गर्ने प्रयोजनका लागि अरूको सम्पत्तिमाथिको अधिकारमा आघात पुर्याउन नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10698 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2077/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७६-WO-०६७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10698 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
