नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10689 · वि.सं. २०७८
नि.नं. 10689 — मिलापत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशको हक सगोलका अंशियार भएका नाताले स्वत: प्राप्त गर्ने हक हुँदा अंश जस्तो नैसर्गिक कानूनी हकलाई कुनै प्रक्रियाबाट निष्क्रिय वा सङ्कुचित पार्ने गरी भएका कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । परिवारको एक सदस्यको अंश मार्ने उद्देश्यले आफ्नो पतिबाट पाउने सम्पत्तिलाई अस्वाभाविक रूपमा कम गरी भएको मिलापत्र कानून एवम् न्यायोचित नदेखिने । व्यक्तिको नैसर्गिक हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10689 |
|---|---|
| मुद्दाको विषय | मिलापत्र बदर |
| निर्णय वर्ष / मिति | 2076/10/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री राजेन्द्र अधिकरी | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह |
| मुद्दा नं. | ०७३-CI-१०६६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10689 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
