नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10694 · वि.सं. २०७८
नि.नं. 10694 — रकम हिनामिना / हानि नोक्सानी गरी भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
काम सम्पन्न भएको र कामदारहरूले आफ्नो श्रमबापतको रकम बुझेर लगिसकेपछि भरपाई राख्ने बनाउनेसम्मको त्रुटिलाई भ्रष्टाचारको संज्ञा दिन मिल्ने नदेखिने । बिल भरपाई दुरूस्त नरहेको भन्ने विषय लेखा परीक्षणको सिलसिलामा वा विद्यालय व्यवस्थापन समितिले आय व्ययको विवरण समर्थन गर्ने अवस्थामा औंल्याएर सच्याउन सकिने विषय भएको र केही विषयमा लेखा परीक्षकले कैफियतसमेत लेखेर लेखा परीक्षण प्रतिवेदन पेस गरेको देखिँदा कामदारलाई रकम बुझाएको छुट्टै भरपाई नभएको मात्र कारणले उक्त रकम अनियमित गरी भ्रष्टाचार गरेको भन्नु न्यायोचित नहुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10694 |
|---|---|
| मुद्दाको विषय | रकम हिनामिना / हानि नोक्सानी गरी भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2077/04/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान |
| मुद्दा नं. | ०७४-CR-१४७३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10694 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
