नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10687 · वि.सं. २०७८
नि.नं. 10687 — बैंकिङ कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियोगपत्रमा सजायको माग दाबी गर्दा सम्बद्ध कानूनको दफा उपदफा खण्ड सबै खुलाई स्पष्ट दाबी लिनुपर्ने । (प्रकरण नं.४) सर्वसाधारणको निक्षेप स्वीकार गरी बैंकिङ व्यवसाय गर्ने बैंकले आफूसमक्ष सङ्कलित हुन आएको रकमको हिसाब किताब दुरूस्त छ वा छैन, आफूले जिम्मा लिएको रकम कहीँकतैबाट हिनामिना भएको छ वा छैन, भनी समुचित सुरक्षाको प्रबन्ध नगरेको कारणबाट निक्षेपकर्ताको रकम जोखिममा पर्ने गरी बैंकको बिगो नै अलपत्र पार्ने गरी सफाइ दिन मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10687 |
|---|---|
| मुद्दाको विषय | बैंकिङ कसुर |
| निर्णय वर्ष / मिति | 2077/09/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७१-RB-०२५२ | ०७१-RB-०२५१ | ०७१-RB-०१४५ | ०७०-RE-००८३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10687 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
