सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६ / ४४०

नि.नं. 10676वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

निवेदन बेहोराबाट नै निवेदकले आफ्नो वास्तविक ठेगाना स्वीकार गरिरहेको अवस्थामा आफ्नो नामको समाह्वान म्यादबारे निज अनभिज्ञ, बेखबर रहेछन् भन्ने अर्थ गर्नु औचित्यपूर्ण नहुने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10675वि.सं. २०७८संयुक्त इजलास

परमादेश

स्वास्थ्यको अधिकारअन्तर्गत स्वतन्त्रता (Freedom) र हक (Entitlements) दुवै पर्दछन् । स्वास्थ्यको हक (Entitlements) ले स्वास्थ्य सुरक्षाको प्रणालीबाट संरक्षणको अधिकार समावेश गर्दछ । स्वास्थ्यको अधिकारभित्र स्वास्थ्य हेरचाह (Health Care), आवश्यक सेवाको उपलब्धता (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10674वि.सं. २०७८पूर्ण इजलास

उत्प्रेषण / परमादेश

कुनै पनि शिक्षक कर्मचारी बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित भएमा सो अवधिको तलब भत्ता नपाउने भन्ने व्यवस्था सेवा विधिशास्त्र (Service Jurisprudence) को आधारभूत मान्यता हो । तर यस्ता व्यवस्थालाई कठोर तरिकाले नहेरी परिस्थिति र अवस्थाको आधारमा हेरिनुपर्ने । क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10673वि.सं. २०७८पूर्ण इजलास

हकसफा गरिपाऊँ

लेनदेन व्यवहारको १० नं. को अवस्था रहेकोमा सँगै बसेका हकवाला वा अंशियारले सोही महलको ११ नं. को व्यवस्थाबमोजिम तोकिएको हदम्यादभित्र निखन्न नगएकोले निजको हक समाप्त भएको अर्थ गरी प्राथमिकताको क्रममा रहेका अन्य हकवाला वा मोहीले निखन्न पाउने हक स्वतः सिर्जना भएको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10672वि.सं. २०७८संयुक्त इजलास

सवारी ज्यान

सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्‍ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्‍ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ । त्यसबापतमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10671वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

दुवै पक्षलाई राखी अन्‍तरिम आदेशका सम्बन्‍धमा छलफल भई माग भएको विषयमा अन्‍तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएमा मात्र अदालतले अन्‍तरिम आदेश जारी गरी भए गरेका काम कारबाही रोक्न सक्‍ने अवस्थाको सिर्जना हुने । अदालती प्रक्रिया बाँकी रहेको अवस्थामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10670वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

मुद्दा र प्रतिवादी एउटै भएको अवस्थामा मुद्दा फैसलाको क्रममा सजाय निर्धारणका लागि लिइएको उमेर गणनाको आधारलाई नै सजाय छुटको प्रयोजनार्थसमेत प्रमाणको रूपमा ग्रहण गरिनु पर्दछ l एउटै अधिकारी वा निकायले प्रदान गर्ने सेवामा मनासिब कारण बिनै दोहोरो मापदण्डको अवलम्बन ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10669वि.सं. २०७८संयुक्त इजलास

लागु औषध (चरेस)

लागु औषध

स्पष्ट कानूनी मार्गदर्शनको शून्यतामा विधायिकी मनसायअनुरूप कानूनको व्याख्याका क्रममा प्रतिपादन हुने कानूनी सिद्धान्त नै नजिरको रूपमा रहने हुँदा यो विषय धेरै हदसम्म मुद्दाको तथ्य, प्रचलित कानूनी व्यवस्था र उपलब्ध प्रमाणसँगको त्रिकोणात्मक आयामको रूपमा परिभाषित हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10668वि.सं. २०७८संयुक्त इजलास

खोटा चलन र संगठित अपराध

खोटा चलन र सङ्गठित अपराध

§ तीन जना वा सो भन्दा बढी व्यक्तिहरुको संलग्नतामा भएको तीन बर्ष भन्दा बढी कैद सजाय हुने अपराधिक कार्य संगठित अपराध हुने कुरामा कुनै दुविधा रहेको पाईएन। प्रस्तुत मुद्दामा तीन जना भन्‍दा बढी प्रतिवादीहरुको प्रत्यक्ष वा परोक्ष रुपमा संलग्नता रहेको देखिने। § संगठि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10667वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कसैले कुनै सार्वजनिक वा सामाजिक कार्य गर्छु भनी गैरसरकारी संस्था गठन गर्‍यो तर सो कार्य गर्न पाएन वा उसले गर्न खोजेको कार्यमा कुनै व्यवधान आयो भने उसले संस्थाको विधानमा सार्वजनिक कार्य गर्ने कुरा लेखेको छ भन्‍ने मात्र कुराले त्यो सार्वजनिक सरोकारको विवाद बनिहा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10666वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

मनसाय पहिलेदेखि नै योजनाबद्ध रूपले हुनुपर्छ भन्‍ने नभई वारदातकै समयमा पनि मनसाय विकसित हुन सक्ने । बञ्चरो जस्तो धारिलो हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्‍ने कुरा सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10665वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

बालबालिकाको अधिकारको परिप्रेक्ष्यमा किशोर अवस्थामा रहेका कानूनले बालबालिका हुन् भनी निर्धारित गरेको उमेर समूहभित्र देखिएका वा सामान्यतया २० वर्षको उमेरसम्मका किशोर किशोरीहरूबिच हुने असुरक्षित यौन सम्बन्धसँग सम्बन्धित कसुरजन्य कार्यमा कानून कार्यान्वयन गर्दा उद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10664वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

§ साधिकार अदालतबाट भएको र अन्तिम भई बसेको फैसला न्यायिक प्रकृयाबाट बदर नभएसम्म वा अदालतबाट अन्यथा आदेश नभएसम्म सो फैसलाको कार्यान्वयन गर्नु सम्बन्धित सवैको कर्तव्य बन्दछ। अदालतबाट भएको फैसला कार्यान्वयन नगरी सो फैसलाको औचित्यमा प्रवेश गरेर फैसलाको वैधता परीक्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10663वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कम्प्युटर अपरेटर करारमा राखेर काम गर्ने हो भने निजामती सेवामा स्थायी रूपमा कार्यरत रहेका सहायक कम्प्युटर अपरेटरको वृत्ति विकास ठप्प हुन सक्छ । लोक सेवा आयोगको विभिन्न काममध्ये निजामती सेवाको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्ने काम पनि हो । अन्य वृत्ति विकासको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10662वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

कुनै कार्य नैतिक पतन हुने अवस्थाको ठहर हुनका लागि सो “कसुरको गम्भीरता-मात्रा” विशेष रूपमा विचारणीय विषय बन्दछ । जुनसुकै कसुरजन्य कार्य पनि सामाजिक नैतिकता प्रतिकूलका कार्य मानिन्छन् । तर यस्ता सबै कार्यलाई कानूनी प्रयोजनका लागि “नैतिक पतन देखिने कार्य” भन्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10661वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

उत्प्रेषण जारी नगरे व्यक्तिको हकमा प्रत्यक्ष असर पर्ने स्थिति भएमा उत्प्रेषणको आदेश जारी गर्ने गरिन्छ । तर वैकल्पिक उपचारको विद्यमानता रहेको अवस्थामा सामान्यतया उत्प्रेषणको आदेश जारी गर्न उपयुक्त हुँदैन । फैसला कार्यान्वयनको अवस्थामा जिल्ला अदालतले गरेको आदेशल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10660वि.सं. २०७८संयुक्त इजलास

जबरजस्ती करणी

विशेषज्ञ चिकित्सकले पीडितको शरीर, यौनाङ्गको जाँच गरी शरीरमा देखिएको घाउ चोटको बारेमा उल्लेख गरी तयार पारिएको स्वास्थ्य परीक्षण प्रतिवेदन अन्यथा प्रमाणित नभएसम्म जबरजस्ती करणी जस्तो अपराधमा महत्त्वपूर्ण प्रमाणको रूपमा रहन्छ । वैज्ञानिक विधि पद्दतिबाट जाँच गरिएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10659वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

न्यायाधीशले न्याय सम्पादन गर्दा बन्दीप्रत्यक्षीकरण उपचारको प्रकृति, यसको सीमा र यस सम्बन्धमा स्थापित न्यायिक दृष्टिकोणलाई अनदेखा गर्न नमिल्ने । बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनका लागि आवश्यक पूर्वावस्थाहरूको विद्यमानता नदेखिएको अवस्थामा समेत महामारीको परिस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10658वि.सं. २०७८संयुक्त इजलास

खुन डाँका

कुनै पनि प्रतिवादीले अनुसन्धान तहकिकातको अवस्थामा अधिकारप्राप्त अधिकारीबाट स्वेच्छाविरूद्ध बयान गराइएको अवस्थामा त्यसको विरूद्ध अदालतमा निवेदन दिई स्वेच्छाविरूद्धको बयान हो भनी प्रमाणित गराउन सक्नुपर्ने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10657वि.सं. २०७८संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार / हाडनाता करणी

विधायिकाले मानव बेचबिखनजन्य कार्यलाई अति गम्भीर र संवेदनशील अपराधको कोटीमा राखी जाहेरी र अनुसन्धानको क्रममा पीडितले गरेको कागजलाई पछि यस्ता पीडित व्यक्ति सो कसुर गर्ने व्यक्तिको प्रभावमा परी अदालतमा बकपत्र गर्ने क्रममा आफ्नो मौकाको भनाइबाट विमुख नहुन भनी राखिए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10656वि.सं. २०७८पूर्ण इजलास

वैदेशिक रोजगार कसुर

हरेक मुद्दामा पक्षले अदालत वा न्यायिक निकायसमक्ष प्रस्तुत हुँदा कसरी के कुन प्रमाणसाथ कुन प्रकृतिबाट बयान गरेको छ, निजले भनेको र पेस गरेको प्रमाणबिच तादम्यता छ छैन, कुन अवस्था परिस्थितिमा त्यस्तो कागज गर्नुपरेको हो, सहमतिमा कागज गरेको होइन भने कानूनी उपचार खोज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10655वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ कसूरको गम्भीरताका दृष्‍टीले मुद्दा पुर्पक्षका लागि धरौट माग गरिएको मुद्दामा कसूर वा कसूरमा अभियुक्तको संलग्नता कम गम्भीर प्रकृतिको हुने हुँदा त्यस्ता मुद्दामा माग भएको धरौटी तिर्न नसकी थुनामा रहेका व्यक्तिका मुद्दा प्राथमिकतासाथ शिघ्र सुनुवाई गरिनु आवश्यक हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10654वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

कैफियत टिप्पणी लेखेकै आधारमा त्यस्ता नागरिकहरूलाई राज्यले प्रदान गर्ने सेवा सुविधा वा अवसर आदिमा विभेद गरेको भन्ने देखिन नआए तापनि आत्मसम्मान वा मर्यादाको विषयलाई केवल सेवा, सुविधा वा अवसरको वितरणमा मात्र सीमित गर्न मिल्दैन । यो सम्बन्धित व्यक्ति वा सो समूहका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10653वि.सं. २०७८संयुक्त इजलास

परमादेश

परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूको उत्तरपुस्तिका हेर्न दिनु भनी परमादेशको माग गरेको अवस्थामा संविधानप्रदत्त सूचनाको हक आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक हो । सार्वजनिक महत्त्वको नदेखिएको परीक्षाको उत्तरपुस्तिका जस्तो व्यक्…

नजिर सार पढ्नुहोस् →