नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10675 · वि.सं. २०७८
नि.नं. 10675 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्वास्थ्यको अधिकारअन्तर्गत स्वतन्त्रता (Freedom) र हक (Entitlements) दुवै पर्दछन् । स्वास्थ्यको हक (Entitlements) ले स्वास्थ्य सुरक्षाको प्रणालीबाट संरक्षणको अधिकार समावेश गर्दछ । स्वास्थ्यको अधिकारभित्र स्वास्थ्य हेरचाह (Health Care), आवश्यक सेवाको उपलब्धता (Availability), पहुँचयोग्य (Accessibility) त्यो पनि विनाभेदभाव (Non-discrimination) र पहुँचको कुरा गर्दा शारीरिक पहुँच (Physical Accessibility), खर्च वहन गर्ने सामर्थ्य (Affordable), सूचनाको पहुँच भएको (Information Accessibility), स्वीकारयोग्य (Acceptability) तथा गुणस्तरीय स्वास्थ्य सेवा (Quality Health Service) पर्दछ । नागरिकका यी हकहरूको संरक्षण र परिपालना गर्नु, गराउनु राज्यको दायित्व हुने । (प्रकरण नं.६) स्वास्थ्यको अधिकारको सम्मान, संरक्षण र परिपूरण गरिएमा मात्र जीवनको अधिकारको पूर्ण अनुभूत गर्ने वातावरण बन्दछ । त्यसैले स्वास्थ्यको अधिकारलाई अन्य सामान्य अधिकार जस्तो नहेरी राज्यले छिटो र प्रभावकारी ढङ्गबाट पूर्ण अनुभूत गराउने विषयको रूपमा हेर्नुपर्ने । (प्रकरण नं.८) स्वास्थ्य उपचारको अधिकार (Right to Health) मानिसको बाँच्न पाउने हक (Right to Life) सँग प्रत्यक्षरूपमा परस्परमा जोडिएको हुँदा यो अधिकारसँग कुनै पनि कारण सम्झौता (Compromise) गर्न नसकिने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10675 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2078/02/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७७-WO-१११३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10675 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
