नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10671 · वि.सं. २०७८

नि.नं. 10671 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

दुवै पक्षलाई राखी अन्‍तरिम आदेशका सम्बन्‍धमा छलफल भई माग भएको विषयमा अन्‍तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएमा मात्र अदालतले अन्‍तरिम आदेश जारी गरी भए गरेका काम कारबाही रोक्न सक्‍ने अवस्थाको सिर्जना हुने । अदालती प्रक्रिया बाँकी रहेको अवस्थामा कानूनद्वारा गठित निकायले कानूनी प्रक्रिया पुर्‍याई गरेका कामकारबाहीका सम्बन्‍धमा प्रतिकूल असर पर्ने गरी अदालतले हस्तक्षेप गर्दै जाने हो भने ती निकायको कार्यसम्पादनमा प्रतिकूल असर परी संस्थाले राखेको उद्देश्‍य नै अपुरो हुन जाने । निक्षेपकर्ता एवं लगानीकर्ताको लगानीमा प्रतिकूल परिस्थितिको सिर्जना हुने अवस्थाबाट बचाउनका लागि पनि बैंकले कानूनले तोकिएको तरिका एवं प्रक्रियाको अवलम्बन गरी रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति प्रक्रिया अगाडि बढाएको कार्यलाई कानूनसम्मत नै मान्‍नुपर्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10671
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७१-WO-०४५२ | ०७१-WO-०२९२ | ०६९-WO-११४०
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10671
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्