नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10668 · वि.सं. २०७८
नि.नं. 10668 — खोटा चलन र संगठित अपराध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तीन जना वा सो भन्दा बढी व्यक्तिहरुको संलग्नतामा भएको तीन बर्ष भन्दा बढी कैद सजाय हुने अपराधिक कार्य संगठित अपराध हुने कुरामा कुनै दुविधा रहेको पाईएन। प्रस्तुत मुद्दामा तीन जना भन्दा बढी प्रतिवादीहरुको प्रत्यक्ष वा परोक्ष रुपमा संलग्नता रहेको देखिने। § संगठित अपराधमा सबै प्रतिवादीहरुको उत्तिकै भुमिका नरहन सक्छ। प्रत्येक सदस्यहरुले आ-आफ्नो भूमिका निर्वाह गर्ने हुँदा प्रतिवादीहरु एकापसमा सम्पर्कमा रही योजनाबद्ध तवरमा यो वारदात गरे गराएको पाईन्छ। संगठित अपराधको प्रकृति सामान्य अपराध भन्दा पृथक हुन्छ। बृहत योजना र विस्तारित तयारीका साथ सम्पन्न हुने संगठित अपराधमा धेरै व्यक्तिहरुको बेग्लाबेग्लै भूमिका रहेको हुन्छ। पृथक पृथक व्यक्तिको पृथक पृथक कार्यले विभिन्न तह हुँदै एउटा संगठित अपराध सम्पन्न हुन्छ। (प्रकरण नं.२) § संगठित अपराध आर्थिक वा अन्य कुनै लक्ष्य प्राप्तीको लागि वा कसैलाई वा कुनै मुलुकलाई नै विभिन्न प्रकारले प्रतिकूल प्रभाव पार्ने बदनियतसाथ अपराधको उद्देश्य, कार्यशैली, संरचनात्मक ढाँचा, संजालसमेत विचार गरी योजना तैयार गरिएको हुन्छ। § संगठित अपराध कुनै देशभित्र मात्र समिति रही वा राष्ट्रिय सिमानाको वास्ता नगरी कसैको योजनाअनुसर विभिन्न अपराधिक कार्य सम्पन्न गरिएको हुन्छ, जसको गम्भीर परिणाम व्यक्ति, समूह वा राज्यले नै भोग्नु पर्दछ। § संगठित अपराधमा अमुक कसुरलाई एक छुट्टै दृष्टिकोणबाट हेरिने नभई अपराध घटाउनको लागि संगठित रुपमा काम गर्ने समूहलाई एकिकृत रुपमा हेरिन्छ। § नोट छाप्न लगानी गरी कसैलाई केही लोभ लालच देखाई निजहरुको माध्यमबाट सो बृहत्तर योजनाको कार्यान्वयन गरी हवाई उडानबाट भारतीय नक्कली नोटको नेपाल प्रवेश गराउनु, यहाँ एक व्यक्तिबाट अर्को व्यक्तिलाई हस्तान्तरण हुनु, लक्षित क्षेत्र भारत हुनु, यस्तो नक्कली नोट नेपालमासमेत कारोबारमा ल्याउँदा यहाँको अर्थतन्त्र प्रभावित हुनु र भारत प्रवेश गराई त्यहाँ कारोबारमा लगाईदा भारतको अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव पर्नु जस्ता अपराधिक कार्यले व्यक्ति र राष्ट्र समेतलाई गम्भीर संकट पैदा गर्ने स्पष्टै छ। (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10668 |
|---|---|
| मुद्दाको विषय | खोटा चलन र संगठित अपराध |
| निर्णय वर्ष / मिति | 2076/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा | माननीय न्यायाधीश श्री पुरुषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री शिशिर राज ढकाल | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल | माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10668 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
