नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10657 · वि.सं. २०७८

नि.नं. 10657 — मानव बेचबिखन तथा ओसारपसार / हाडनाता करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

विधायिकाले मानव बेचबिखनजन्य कार्यलाई अति गम्भीर र संवेदनशील अपराधको कोटीमा राखी जाहेरी र अनुसन्धानको क्रममा पीडितले गरेको कागजलाई पछि यस्ता पीडित व्यक्ति सो कसुर गर्ने व्यक्तिको प्रभावमा परी अदालतमा बकपत्र गर्ने क्रममा आफ्नो मौकाको भनाइबाट विमुख नहुन भनी राखिएको देखिने । (प्रकरण नं.४) वारदातको प्रकृति, पीडितको बयान बेहोरा र मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणबाट करणी भएको होइन भन्‍न नसकिने अवस्था हुँदा पीडितको अनुसन्‍धानको क्रममा स्वास्थ्य परीक्षण नगराएको कारणले मात्र प्रतिवादीले उन्मुक्ति पाउने नदेखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10657
मुद्दाको विषयमानव बेचबिखन तथा ओसारपसार / हाडनाता करणी
निर्णय वर्ष / मिति2077/03/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल
मुद्दा नं.०७३-CR-०५४७
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10657
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्