नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10666 · वि.सं. २०७८

नि.नं. 10666 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मनसाय पहिलेदेखि नै योजनाबद्ध रूपले हुनुपर्छ भन्‍ने नभई वारदातकै समयमा पनि मनसाय विकसित हुन सक्ने । बञ्चरो जस्तो धारिलो हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्‍ने कुरा सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिने । (प्रकरण नं.५) जोखिमी हतियारको प्रयोग गरी श्रीमान् श्रीमती भएकै आधारमा श्रीमान्‌ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्‌लाई वा कसैले कसैलाई मार्ने हक बन्दैन । यस्तो कार्यलाई सामान्य हो जस्तो गरी कम सजाय गर्दा गलत एवम् क्रूर कार्यलाई प्रश्रय दिएको देखिन जाने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10666
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2077/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री कमलप्रसाद ज्ञवाली | माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल | माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य
मुद्दा नं.०७५-CR-००११
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10666
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्