नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10673 · वि.सं. २०७८

नि.नं. 10673 — हकसफा गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

लेनदेन व्यवहारको १० नं. को अवस्था रहेकोमा सँगै बसेका हकवाला वा अंशियारले सोही महलको ११ नं. को व्यवस्थाबमोजिम तोकिएको हदम्यादभित्र निखन्न नगएकोले निजको हक समाप्त भएको अर्थ गरी प्राथमिकताको क्रममा रहेका अन्य हकवाला वा मोहीले निखन्न पाउने हक स्वतः सिर्जना भएको र लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाबमोजिम लिखत बदरतर्फ माग गर्न पाउने सँगै बसेका हकवाला वा अंशियारले आफ्नो हक परित्याग गरेको अर्थ गर्न मिल्ने नदेखिने । लेनदेन व्यवहारको १० नं. को व्यवस्था सँगै बसेका अंशियार हकवालाको हकको सम्पत्ति निजको मन्जुरी र सहमतिबेगर बिक्री वा अन्य तवरले हक हस्तान्तरण भएको अवस्थामा त्यस्तो व्यवहारको लिखत बदर गराई आफ्नो हक स्थापित गराउन पाउने कानूनी व्यवस्था हो भने ऐ. ११ नं. को व्यवस्था सँगै बसेका अंशियार हकवालाको हकमा आकर्षित हुने नभई कानूनबमोजिमका अन्य हकवालालाई सन्धिसर्पनमा समस्या पर्ने गरी हक हस्तान्तरण भएमा सन्धिसर्पन पर्ने नजिकको हकवालाले त्यस्तो सम्पत्ति निखनी लिन पाउने र त्यस्तो हकवालाले ननिखनेमा जग्गाको हकमा मोहीले र घरको कुनै हिस्साको हकमा सन्धिसर्पन पर्ने नजिकको अन्य व्यक्तिले पनि निखन्न पाउने व्यवस्था रहने । लिखत बदर गराउन साधिकार निकायमा माग गर्न पाउने हदम्याद बाँकी रहेकै अवस्थामा निखन्न पाउने हदम्यादभित्र निखन्‍न माग नगरेकै आधारमा मोहीले निखन्न पाउने अवस्था सिर्जना भएको र त्यसपश्‍चात् उक्त १० नं. को व्यवस्थाबमोजिम सँग बसेका अंशियार हकवालाले लिखत बदरतर्फ माग गर्न नपाउने भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10673
मुद्दाको विषयहकसफा गरिपाऊँ
निर्णय वर्ष / मिति2076/03/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री दीपकराज जोशीको राय । | माननीय न्यायाधीश श्री दीपकराज जोशीले पुनरावेदन अदालत पाटनको फैसला उल्टी गर्नुभएको रायसँग सहमत नभएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्‍ने माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय । | माननीय न्यायाधीश श्री दीपकराज जोशीले व्यक्त गर्नुभएको राय कानूनसम्मत हुँदा सोही राय सदर हुनुपर्दछ भन्‍नेसमेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायबाट व्यक्त राय सदर हुनुपर्दछ भन्‍नेसमेत बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री दीपकराज जोशीको राय र अंशियारहरूमध्येबाटै लिखत बदर मुद्दा दायर भएकोले यी वादीले मोहीको हैसियतले निखन्‍न पाउनुपर्ने भनी लिएको दाबी मनासिब देखिएन । पहिलो प्राथमिकतामा रहेका अंशियारहरूले गरेको लिखत बदरको मुद्दामा भएको मिलापत्रको आधारमा साबिक जग्गाधनीकै हकवालाहरूमा जग्गाको स्वामित्व हस्तान्तरण भएको कार्य कानूनसम्मत नै देखिन आयो । हकसफा गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६६/६/२० को फैसला मिलेकै देखिएकोले उक्त फैसला सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय भई संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य नभई फरकफरक राय प्रस्तुत भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजालससमक्ष पेस हुन आएको देखियो । | माननीय न्यायाधीश श्री दीपकराज जोशीको रायसँग समेत सहमत हुन सकिएन । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय मनासिब हुँदा सदर कायम हुन्छ । पुनरावेदक / वादी बुद्धिकुमार गोसाईको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
मुद्दा नं.०७२-DF-०००५ | ०६८-CI-०८६२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10673
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्