नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10663 · वि.सं. २०७८
नि.नं. 10663 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कम्प्युटर अपरेटर करारमा राखेर काम गर्ने हो भने निजामती सेवामा स्थायी रूपमा कार्यरत रहेका सहायक कम्प्युटर अपरेटरको वृत्ति विकास ठप्प हुन सक्छ । लोक सेवा आयोगको विभिन्न काममध्ये निजामती सेवाको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्ने काम पनि हो । अन्य वृत्ति विकासको विकल्प पनि नदिने र तल्लो तहमा योग्य कर्मचारी हुँदाहुँदै कानूनबमोजिम विज्ञापन नगरी माथिल्लो पदमा करारमा नियुक्ति गर्दा योग्यता, क्षमता, प्रतिभाको कदर नभई प्रतिस्पर्धात्मक व्यवस्था कमजोर भई योग्यता प्रणालीमा असर पर्ने । (प्रकरण नं.४) निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्यका साथ एउटै निजामती सेवा ऐन, २०४९ द्वारा सञ्चालित विभिन्न सेवाका कर्मचारीहरूमा कुनै सेवाको विज्ञापन गर्ने र कुनै सेवाको खालिरहेको पदमा विज्ञापन नगर्दा खालिरहेको पदभन्दा तल्लो श्रेणी वा तहमा कार्यरत जनशक्तिले आफूलाई अन्य सेवा, समूहबिचमा असमानता भएको, हेला भएको तथा वृत्तिविकासमा अनिश्चितता पैदा भएको, अपमान भएको ठानी काम गर्ने जाँगर र सेवा प्रवाहको गुणस्तरमा कमी आउने अवस्था सिर्जना हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10663 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७६-WO-०७३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10663 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
